Logo
|
Saturday 27th July 2024
Logo

epaper

बिर्तामोड नगरका २ हजार परिवारको निःशुल्क स्वास्थ्य बिमा



नेपाल हेल्थ न्युज, झापा । झापाको बिर्तामोड नगरपालिकाले गरिब तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य बिमा गरेको छ । स्वास्थ्य बिमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिनुभयो ।

पहिलो चरणमा हरेक वडाबाट १–१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १–१ सय परिवारको बीमा गरिएको तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १ हजार परिवारको स्वास्थ्य बीमा गरिएको थियो । नगरपालिकाका अनुसार निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा जोडिने परिवारको सङ्ख्या प्रति वडा २–२ सय पुगेको छ ।

अघिल्लो कार्यकालमा ३५ लाख र चालु आर्थिक वर्षमा ३५ लाख गरेर जम्मा ७० लाख बजेट व्यवस्था गरिएको थियो । नगरपालिकाले विपन्न परिवारलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य बीमा गरेको तिम्सिनाले बताउनुभयो । बीमा गरेका हरेक परिवारले १ लाख बराबरको उपचार सेवा प्राप्त गर्नेछन् । आगामी वर्षहरुमा पनि निःशुल्क बीमा गर्दै जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्