Logo
|
Sunday 16th June 2024
Logo

epaper

इश्वर भुसालको अध्यक्षतामा फ्यानक्यानको वाग्मती प्रदेश कमिटी निर्वाचित



नेपाल हेल्थ न्युज, काठमाडौं । इश्वर भुसालको अध्यक्षतामा नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल्स समाज (फ्यानक्यान) को वाग्मती प्रदेश कमिटी निर्वाचित भएको छ ।

फ्यानक्यानका केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरसहित बागमती प्रदेश कमिटीमा नवनिर्वाचित पदाधिकारीहरु

कमिटीको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद ढकाल, उपाध्यक्षमा बिरेन्द्र कुमार महतो र महासचिवमा विष्णु खाती निर्वाचित हुनुुभएको छ । यसैगरी सहसचिवमा लक्ष्मी नेपाल, कोषाध्यक्षमा मेरिना रिजाल, सहकोषाध्यक्षमा अरुण चन्द निर्वाचित हुनुभएको छ । फेनक्यानको बाग्मती कमिटीको सदस्यहरुमा प्रवीन चालिने, अजित गुरु, सुरेश मण्डल, नवराज कडरिया निर्वाचित हुनुभएको छ ।

फ्यानक्यानका केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरले वाग्मती प्रदेश कमिटीमा नवनिर्वाचित पदाधिकारीहरुलाई वधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्