Logo
|
Friday 26th July 2024
Logo

epaper

नेपाल जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति निर्वाचित, वर्तमान अध्यक्ष कृष्णमान शाक्यद्धारा कार्यभार ग्रहण



नेपाल हेल्थ न्युज, ललितपुर । देशभरका १० हजार भन्दा बढी जनस्वास्थ्यविद्हरुको छाता संगठन नेपाल जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कृष्णमान शाक्य, उपाध्यक्ष तेज प्रसाद दुलाल, महासचिव कैलाश खाकी श्रेष्ठ, सचिव भिमप्रसाद सापकोटा, कोषाध्यक्ष विजय ढकाल र सहकोषाध्यक्षमा माया कुमारी गोले हुनुहुन्छ । यसैगरी सदस्यहरुमा श्रीकृष्ण बस्नेत, बिकेस मल्ल, नरेश प्रसाद जोशी, अनुजा खनाल, मनोज सिग्देल, बिनोद पोख्रेल, अमृत बिष्ट र दिलिप यादव सर्वसम्मत निर्वाचित हुनुभएको हो ।


ललितपुरको जावलाखेलमा आयोजित १३ औं साधारण सभामा वागमति प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा नव निर्वाचित कार्यसमितिलाई कार्यभार हस्तारन्तरण गरिएको छ । निवर्तमान अध्यक्ष वसन्त अधिकारीले नवनिर्वाचित अध्यक्ष कृष्णमान शाक्यलाई कार्यभार हस्तान्तरण गर्नुभएको हो ।


साधारण सभामा सङ्घको गत आर्थिक वर्षको प्रगति प्रतिबेदन र यस आर्थिक वर्षको योजना तथा बजेट र विधान संशोधन प्रस्ताव समेत पारित गरिएको थियो । साथै नव नवनिर्वाचित समिती भावी कार्यदिशा समेत प्रस्तुत गरिएको थियो । बि.सं.२०४७ सालमा स्थापना भएको संघमा हालसम्म २ हजार ५ सय जनस्वास्थ्य विज्ञ आवद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्