Logo
|
Saturday 27th July 2024
Logo

epaper

बिरामीको मृत्यु भएपछि दुई दिनदेखि लाइफलाइन अस्पतालमा तनाव



नेपाल हेल्थ न्युज, दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक बिरामीको मृत्यु भएपछि दुई दिनदेखि तनाव सिर्जना भएको छ । अस्पताल परिसरमा जनपथ र सशस्त्र प्रहरी परिचालित भएको छ ।

पाँचथर तुम्वेवा गाउँपालिका वडा नं. ५ की सुनिताकुमारी कुरुम्वाङ लिम्बूको आइतबार बिहान मृत्यु भएपछि आफन्तले शव बुझ्न इन्कार गर्दै अस्पताल परिसरमा नाराबाजी गरेपछि अवस्था तनावपूर्ण बनेको हो ।

आइसियु कक्ष अगाडि नै मृतकका आफन्तहरू धर्ना बसेपछि अन्य बिरामीको उपचार पनि प्रभावित बनेको अस्पतालले जनाएको छ । घटना विवरणअनुसार गत वैशाख १२ गते लिभरको समस्या भएपछि उपचारका लागि सुनितलाई लाइफलाइन अस्पताल ल्याइएको थियो । वैशाख १५ गते डिस्चार्ज भएर घर लगिएकोमा फेरी विराम बल्झिएपछि जेठ १ गते पुनः सुनितालाई लाइफलाइन अस्पताल ल्याइएको आफन्तले जनाएका छन् ।

अस्पतालले थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाएकोमा उपचार सम्भव नहुने चिकित्सकहरूले बताएपछि बिरामीलाई लाइफलाइन अस्पतालमा नै फिर्ता ल्याएर बिरामीका आफन्तले भर्ना गराएका थिए । अस्पतालको लापरबाहीले यो अवस्था आएको भन्दै मृत्युको कारण अस्पताल नै भएको आरोप लगाउँदै मृतकका आफन्तहरू दुईदिन देखि अस्पताल परिसरमा विरोध जनाइरहेकाछन् ।

सोमबार साँझसम्म पनि मृतकका आफन्तले शव बुझ्न नमानेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अस्पतालका एक सञ्चालकले निष्पक्ष रूपमा छानबिन भएर दोषी ठहरिए कारबाही भोग्न र क्षतिपूर्ति दिन पनि तयार रहेको बताउनुभयो । ‘‘मृत्युको कारण र कसको कमजोरी हो भन्ने यकिन नभई अस्पताललाई मात्र दोष दिने काम भइरहेको छ,’’ उहाँले भन्नुभयो । गोरखापत्र

प्रतिक्रिया दिनुहोस्