Logo
|
Saturday 27th July 2024
Logo

epaper

गर्मी मौसमको शस्त्रः नरम र चम्किलो छालाको ३ मन्त्र



प्रा.डा. सविना भट्टराई, वरिष्ठ छाला तथा शौन्दर्य विशेषज्ञ

बढ्दो गर्मीका कारण डिहाइड्रेसन, बारम्बार पसिना बग्ने, घामले पोलेर छालामा असर पार्ने जस्ता समस्या बढ्छ । गर्मीमा अनुहारको छालालाई नोक्सान हुनबाट जोगाउन केही विशेष कुरामा ध्यान दिन अति आवश्यक हुन्छ ।

पहिलो मन्त्रः सूर्य सुरक्षामा सनस्क्रिन
गर्मी मौसममा सनस्क्रिनको प्रयोगले छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ । यसको नियमित प्रयोग गर्नाले छालालाई स्वस्थ राख्ने मात्र नभई सूर्यको पराबैंगनी किरणको प्रभावबाट हुने क्षतिलाई रोक्न मद्धत गर्छ । त्यसैले यो बेला बाहिर निस्कन अघि सनस्क्रिनको प्रयोग गर्नुपर्छ । छालाको वनावट अनुसार दिनमा ३ देखि ४ घण्टाको फरकमा लगाउन जरुरी हुन्छ । गर्मीमा हामीले प्रयोग गर्ने क्रिम जाडोमा भन्दा फरक हुन्छ । जाडोमा छाला सुख्खा हुन्छ भने गर्मीमा चिल्लो हुन्छ । गर्मीमा च्यापच्याप हुने खालका क्रिमको छनोट गर्नुहुँदैन । त्यसैल जेल र लोसनको रुपमा भएका सनस्क्रिन गर्मीमा राम्रो मानिन्छ । चिल्लो छाला हुनेहरुले जेल र सुख्खा भएकाहरुले लोसनमा आधारित सनस्क्रिन लगाउनुपर्छ ।

दोस्रो मन्त्रः पानी र खानपान
गर्मी मौसममा घर तथा कार्यालयमा बस्दा एयर कन्डिसन (एसि) को प्रयोग गरिएको हुन्छ । हामीलाई महसुस नभएपनि एसिमा बस्दा छाला सुख्खा भइरहेको हुन्छ । त्यसैले छालालाई हाइड्रेटेड राख्न पर्याप्त पानी पिउनुपर्छ ।

खानामा भिटामिन सी, भिटामिन ई, भिटामिन ए भएका खानेकुराहरु खानुपर्छ । साथै अम्लीय फलफूलको सेवन गन जरुरी हुन्छ । यसले तपाईंको शरीरलाई गर्मी हुन दिँदैन । यो बेला बारम्बार पसिना आउने कारण शरीरमा डिहाइड्रेसन हुने खतरा हुने भएकाले इलेक्ट्रोलाइटयुक्त पेय पदार्थको सेवन आवश्यक हुन्छ । यसले छालाको चमक कायम राख्न मद्धत गर्छ ।

तेस्रो मन्त्रः सुत्नअघि फेसवास
सुत्नुअघि मेकअप राम्ररी हटाउन नसक्दा छाला बिग्रने सम्भावना रहन्छ । छिद्रको आकार बढ्न थाल्छ र डण्डिफोरको समस्या आउन सक्छ । राति सुत्नु अघि फेसवास गर्नुपर्छ । किनभने दिनभरको धूलो धूँवा हाम्रो अनुहारको छालामा जम्मा भएर बसेको हुन्छ । त्यसलाई निकाल्न र सफा गर्न फेसवासको प्रयोग गर्नुपर्छ । फेसवास गरिसकेपछि मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

(प्रा.डा.भट्टराई नेपाल डर्माटोलोजी ल्याप्रोलोजी र भेनेरोलोजी समाजको निवर्तमान अध्यक्ष हुनुहुन्छ । हाल उहाँ लभाना स्कीन एण्ड हेयर क्लिनिकमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्