Logo
|
Thursday 5th December 2024
Logo

epaper

स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन, निर्देशक डा. बसौलाको चार वर्षे कार्यकाल पुरा



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले बिमाको दायरा बढाएर ५ लाख पुर्‍याउने भनिरहँदा स्वास्थ्य बीमा बोर्ड भने नेतृत्वविहीन बनेको छ ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहीन भएको हो । अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर उनको राजिनमा अहिलेसम्म स्वीकृत भएको छैन ।

बोर्डको नेतृत्व रिक्त हुन पूर्व जानकारी भएपनि मन्त्रालयले त्यसको वैकल्पिक व्यवस्था गरेको छैन । बोर्डमा नेतृत्व खाली रहँदा स्वास्थ्य मन्त्रालय अन्तर्गत महाशाखाका कुनै कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्