Logo
|
Tuesday 7th January 2025
Logo

epaper

भारतमा भेटियो एचएमपीभी भाइरसका दुई संक्रमित, संक्रमितमध्ये ८ महिने बालक र ३ महिने बालिका

श्वासप्रश्वास सम्बन्धि उपचारका लागि अस्पताल भर्ना



नेपाल हेल्थ न्युज, काठमाडौँ । चीनमा हलचल मच्चाइरहेको एचएमपीभी भाइरस यतिबेला भारत आइपुगेको छ । कर्नाटकाका दुई शिशुहरुमा एचएमपीभी भाइरस पुष्टि भएको हो । संक्रमितमध्ये ८ महिने बालक र ३ महिने बालिका रहेको दैकिन भास्करले जनाएको छ ।

ब्याप्टिस्ट अस्पतालमा नमूना परीक्षण गरिएको थियो । यद्यपि, कर्नाटक स्वास्थ्य विभागले उनीहरूको प्रयोगशालामा नमूनाहरू परीक्षण नगरेको स्पष्ट पारेको छ । यो रिपोर्ट निजी अस्पतालबाट आएको जनाएको छ ।

‘कर्नाटकमा एचएमपीभीका दुई केसहरू फेला परेका छन् । दुवै बालबालिकालाई श्वासप्रश्वासको उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । जहाँ उनीहरुको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।’–स्वास्थ्य मन्त्रालयले भन्यो ।

चीनमा तिव्र गतिमा फैलिरहको एचएमपीभी भाइरसले यतिबेला कोभिड–१९ झझल्को दिएको बताइएको छ । जसले आम सर्वसाधारणमा त्रासको सिर्जना भएको छ ।

के हो एचएमपीभी भाइरस ?
एचएमपीभी भाइरस चीनबाट फैलिएको नयाँ प्रकारको भाइरस हो । यसलाई ह्युमन मेटान्युमोभाइरस भनिन्छ । यो भाइरसबाट संक्रमित व्यक्तिलाई श्वासप्रश्वास सम्बन्धि समस्या देखिन्छ । विशेषगरी स–साना बालबालिका र बृद्धबृद्धा उच्च जोखिममा छन् ।

यो भाइरसको लक्षणहरु रुघाखोकीसँग मिल्दोजुल्दो भएकाले पहिचान गर्न गाह्रो हुने बताइएको छ । श्वासप्रश्वाससम्बन्धी समस्या भए बेवास्ता गर्न नहुने चिकित्सकहरुको सुझाव छ ।

लक्षण
घाँटी र टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, थकान वा कमजोरी महशुस हुने, रुघाखोकीसँगै ज्वरो आउने र स्वासप्रश्वासमा समस्या आउने जस्ता लक्षणहरु देखिन्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्