
नेपाल हेल्थ न्युज काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वाथरोग पहिचान र उपचारमा विपन्न नागरिकको पहुँच पुर्याउन नेशनल वाथरोग सेन्टरसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।
बद्री तिर्थ आर्थराईटिस समाज र नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा माघ महिना भर गरिने बाथरोग सम्बन्धि जनचेतना फैलाउने जागरण अभियानको आज उद्घाटन गर्दै मन्त्री पौडेलले सो जानकारी दिनुभएको हो । उहाँले देशभरका स्वास्थ्यकर्मीहरुलाई बाथरोगबारे तालिम लिन प्रोत्साहित गर्नेसमेत उल्लेख गर्नुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाथरोग उपचारको पहुँचलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै मन्त्री पौडेलले सेन्टरसँग सहकार्य गरेर अघि बढ्ने जानकारी दिनुभयो ।
नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले पब्लिक प्राइभेट पार्टनरसिपमा बाथरोगम्बन्धि कम्युनिटी क्लिनिक सञ्चालनमा ल्याउन सकेमा विपन्न नागरिकको उपचारमा पहुँच पुग्नसक्ने बताउनुभयो । स्वास्थ्य बीमामा बाथरोगलाई समेटिनुपर्ने, देशभरका स्वास्थ्यकर्मीहरुलाई बाथरोगबारे तालिम दिन सकेमा बाथका कारण बिग्रिने शरीरका जोर्नीहरु बचाउन मद्धत पुग्ने प्रबन्ध निर्देशक कक्षपतिले उल्लेख गर्नुभयो ।
प्रा.डा. मोहन प्रसाद लोहनीज्यू लाई तिर्थानन्द वैद्य मेमोरियल लाइफटाइम एचिवमेन्ट अर्वाड प्रदान गरिएको छ । जसमा २५ हजार नगद राशी सहित प्रमाणपत्र रहेको छ ।
गणित विज्ञानमा नेपाली महिला एवं बद्री–तिर्थ आर्थराइटिस समाज तिर्थानन्द वैद्य मेमोरियल लाईफ टाईम एचिभमेन्ट अवार्ड यज्यूलाई अर्वाड प्रदान गरिएको छ । जसमा २५ हजार नगद राशी सहित प्रमाणपत्र रहेको छ ।
सो अवसरमा बद्री तिर्थ आर्थराइटिस समाज र नेपाल जेष्ठ प्राध्यापक समाजको सहकार्यमा प्रो.डा.मोहन प्रसाद लोहनीलाई २५ हजार नगदसहित तिर्थानन्द मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएको मूल्यांकन गर्दै सो अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी बद्री तिर्थ आर्थराइटिस समाज र गणित विज्ञानमा नेपाली महिलाको संयुक्त रुपमा उप–प्राध्यापक बिद्रादेवी शाक्यले २५ हजार नगदसहित तिर्थानन्द मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्नुभएको छ । गणित बिषयको अध्ययन, अध्यापनमा पुर्याउनु भएको विशिष्ट योगदानको उच्च मुल्याकन गर्दै सो अवार्ड प्रदान गरिएको हो । त्रिचन्द्र कलेजका गणित विषय अध्यापन गराउने प्राध्यापक स्वर्गीय तिर्थानन्द बैद्यको स्मृतिमा हरेक वर्ष उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई सो अवार्ड प्रदान गरिदै आएको छ ।
यस वर्ष बाथ रोग सम्बन्धि फोटो प्रर्दशनी, रोग पहिल्याउने निःशुल्क रगत परीक्षण एवं परामर्शका साथै कुटुम्ब सँग सहकार्य गर्दै ‘स्वस्थ जीवनका लागि सुमधुर संगीत’ भन्ने मूल नाराका साथ टोलटोलमा सांगीतिक कार्यक्रम राखिएको छ । सो अवसरमा बरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैद्यले बाथरोगले शरीरका महत्वपूर्ण अंगहरुलाई असर गर्ने भएकाले बेलैमा सचेत रहन आग्रह गर्नुभयो ।
सेन्टरले सन २०१२ देखि बाथरोग जागरण अभियान शुरु गरेको स्मरण गराउदै सेन्टरका प्रवन्ध निर्देशक कक्षपतिले सामजिक उत्तरदायित्व अन्र्तगत रोगको जनचेतना अभिवृद्धि गर्न र समयमा नै रोगको पहिचान गरी उपचार गर्न सफल भएका उल्लेख गर्नुभयो । गत वर्षको फोटो प्रर्दशनीमा ५ हजार ३५५ जनाले दृश्यअवोलकन गरेका थिए । दृश्यअवोलकन गरेका व्यक्तिमध्येबाट १ हजार ५२ जनाको रक्त परीक्षण गएिकोमा ३ सय ६८ जनामा बाथरोग देखिएको थियो । उनीहरुको सेन्टरमा निुशुल्क उपचार गरिएको प्रबन्ध निर्देशक कक्षपतिले जानकारी गराउनुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
