Logo
|
Sunday 19th January 2025
Logo

epaper

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्षमा प्रा.डा. रामनरेश पण्डित नियुक्त



नेपाल हेल्थ न्युज, जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्षमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. रामनरेश पण्डितलाई आज नियुक्त गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. अङ्कुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवं मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले नियुक्त गर्नुभएको हो ।

चिकित्सा शास्त्रमा २३ वर्ष अगाडी स्नातकोत्तर गर्नु भएका डा. पण्डित यस क्षेत्रका वरिष्ठ स्त्रीरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त चिकित्सक रहनुभएको छ । नवनियुक्त शिक्षाध्यक्ष डा. पण्डित आजै प्रतिष्ठानमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक समेत भएर काम गर्नु भएका नवनियुक्त शिक्षाध्यक्ष डा. पण्डितको कार्यकाल ५ वर्षको रहने भएको छ । विगत लामो समयदेखि उक्त पद रिक्त भएका कारणले प्रतिष्ठानको शैक्षिक गतिविधि बढाउनमा कठिनाइ भएका थिए ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबिबिएस पढाई हुनुका साथै यस भन्दा अगाडी नै चिकित्सा विज्ञानका विभिन्न ४ विषयमा स्नातक तथा केही विषयमा स्नातकोत्तरको पठन पाठन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्