
नेपाल हेल्थ न्युज, गलकोट । यही माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११ हजार पाँच सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपिभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई एचपीभी लगाइने छ । माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा फागुन ३ सम्म लगाइनेछ । पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा चार पालिकामा खोप अभियान चलाइने छ ।
खोप लगाउन तीन सय १५ स्वास्थ्यकर्मी, छ सय २६ जना स्वयंसेविका परिचालन गरिएको छभने तीन सय १२ खोप केन्द्र निर्धारण गरिएको छ । स्त्रीरोग विशेषज्ञ विजय ओझाका अनुसार एक दिनमा नेपालमा चार जना महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेकाले किशोरीलाई खोप लगाउँदा भविष्यमा हुने क्यान्सरबाट बच्न सक्ने बताउनुभयो।
ओझाले शारीरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किशोरी छनोट गरिएको बताउनुभयो।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
