प्रधानमन्त्री ओली अस्वस्थ, घाँटीमा देखियो समस्या
नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।
प्रधानमन्त्री ओलीको चिसोका कारण घाँटीमा समस्या देखिएको उहाँको सचिवालयले जनाएको छ ।
बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहनुभएको बुझिएको छ ।