Logo
|
Friday 14th March 2025
Logo

epaper

ललितपुरको युएनपार्कमा अत्याधुनिक सफायर एस्थेटिक ! प्रशान्त, प्रियंका र आयुष्मानले गरे उद्घाटन

आफ्नो सौन्दर्य राम्रो भएपछि सेल्फ कन्फिडेन्स र इफिसियन्सी बढ्दै



नेपाल हेल्थ न्युज, ललितपुर । ललितपुरको युएनपार्कमा अत्याधुनिक सफायर एस्थेटिक सञ्चालनमा आएको छ । सो एस्थेटिकको लोकप्रीय कलाकार त्रय प्रशान्त ताम्राकार, प्रियंका कार्की र आयुष्मान देशराज जोशीले उद्घाटन गर्नुभयो ।

उज्वल छालाको लागि तपाईंको गन्तव्यको रुपमा यसलाई लिइएको छ । उद्घाटन समारोहमा सफायर एस्थेटिकमा छाला , लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी, कस्टेमिक डर्माटोलोजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिने जानकारी दिइएको छ ।


यहाँ डर्माटोलोजिष्ट एण्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एण्ड फेसियल प्लाष्टिक सर्जन, अकुलोप्लाष्टी एण्ड फेसियल प्लाष्टिक सर्जनलगायत दक्ष विशेषज्ञ टिमबाट सेवा प्राप्त गर्न सकिने छ । जहाँ नयाँ टेक्नोलाजीमा आधारित अत्याधुनिक मेडिकल उपकरणहरुको व्यवस्था गरिएको छ । यसबाट फेसियल एनलाईसिस, वडी कम्पोजिसन एनालाईसिसको सुविधा प्राप्त गर्न सकिन्छ । क्रायोलाइपोलाईसिस (चिसोबाट सेकेर बोसो पगाल्ने), इएनटी स्लिमिंग (यसबाट बोसो पगालेर मसल्स स्ट्रेन्थिंग गर्ने जसका लागि अब विदेश जानुनपर्ने र धेरै खर्च नहुने सफायर एस्थोटिक्सकी प्रबन्ध निर्देशक एवं अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले जानकारी दिनुभयो ।


सफायर एस्थेटिकमा फेसियल कन्टोरिंग गर्ने हाइफु प्रविधिको सुविधा छ जसबाट ठूलो अनुहार र डबल चिउँडो, गालामा बोसो भएकाहरुको सेप निकाल्न महत्वपूर्ण हुनेछ । कार्वनडाइअक्साइड लेजर जसमा कार्वन फिलिंग, स्कार रिमुभर, ट्याटु हटाउने, किलोइटको उपचार, स्किनलाई अझ रिमोडल रिसर्फेस गर्न हाइड्राफेसियललगायत नयाँ टेक्निकका धेरै प्रविधिहरु उपलब्ध छन् । यसले तपाईंलाई सुन्दर बनाउनुका साथै तपाईंको आत्मबल र आत्मविश्वास बढाउन मद्धत गर्ने छाला तथा सौन्दर्य विशेषज्ञ सेली राजभण्डारीको भनाइ छ ।


विगत १० वषदेखि ललितपुरको पुल्चोकस्थित नेशल आई एण्ड कस्मेटिक सर्जरी सेन्टर सञ्चालन गर्दै आएकोमा यसलाई अझ विस्तारका रुपमा विगर र वेटर रुपमा अघि बढाउन नयाँ ठाउँमा सिफ्ट भएको अकुलोप्लाष्टी एण्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले बताउनुभयो ।


विगत करिब ५ वर्षदेखि ननसर्जिकल प्रोस्युडर पनि अहिले वुमिंग विषय भएर निस्किएको छ । अहिले ननसर्जिकल मेथडहरुमा विश्वव्यापीरुपमा सौन्दर्यलाई कसरी राम्रो बनाउने भन्ने बारे रिभोलुसन नै आएको छ । उहाँ भन्नुहुन्छ—‘आफ्नो सौन्दर्य राम्रो भएपछि सेल्फ कन्फिडेन्स बढेको र भित्रैदेखि खुशी हुने गरेको पाइएको छ । यसले काम गर्ने ठाउँमा इफिसियन्सी बढेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्