क्यान्सरसम्बन्धी जनचेतना फैलाउन नेपाल क्यान्सर अस्पतालद्धारा वाकाथन कार्यक्रम सम्पन्न

नेपाल हेल्थ न्युज, ललितपुर । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस २०२५ को अवसर पारेर वाकाथन कार्यक्रम सम्पन्न गरेको छ ।
अस्पतालले क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उदेश्यले शनिबार शनिबार वाकाथन कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय बासिन्दाहरू गरी १०० भन्दा बढीको सहभागता रहेको अस्पतालले जनाएको छ ।
वाकाथन नेपाल क्यान्सर अस्पतालबाट सुरु भई हरिसिद्धि मावि नयाँ बस्ती – हरिसिद्धि बसपार्क – गुमोज चोक – धुसाल धारापानी ट्याङ्की हुँदै पुनः नेपाल क्यान्सर अस्पतालमै आएर सम्पन्न भएको थियो ।
यस कार्यक्रमले सर्वसाधारणहरूमा क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारको आवश्यकताको सन्देश प्रवाह गरेको अस्पतालको भनाइ छ ।
अस्पतालका चिकित्सकहरूका अनुसार जीवनशैलीमा सानो सुधार तथा नियमित स्वास्थ्य परीक्षणद्वारा क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ ।
नेपाल क्यान्सर अस्पताल निरन्तर रूपमा यस्ता स्वास्थ्य जागरुकताका अभियानहरू सञ्चालन गर्दै आएको छ ।