Logo
|
Friday 7th February 2025
Logo

epaper

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. सुवासप्रसाद आचार्य नियुक्त



नेपाल हेल्थ न्युज, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा वरिष्ठ क्रिटिकल केयर मेडिसिन विशेषज्ञ प्रा.डा. सुवासप्रसाद आचार्य नियुक्त हुनुभएको छ ।

कार्यकारी निर्देशक छनोट समितिले दिएको सिफारिसका आधारमा प्रा.डा. आचार्यलाई निर्देशकमा नियुक्त गरिएको हो । उहाँ अस्पतालमा क्रिटिकल केयर मेडिसिन विभागको प्रमुख हुनुहुन्छ ।

यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखको जिम्मेवारी डा. सुरेश उप्रेतीलाई प्रदान गरिएको छ । यसअघि उहाँ सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो ।

कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा प्रा.डा. घनश्याम गुरुङ, सह प्रा.डा. गोपाल सेडाईं, प्रा.डा. नरमाया थापा र प्रा.डा. सुवासप्रसाद आचार्यलाई माघ २३ गते अन्तवार्ताका लागि बोलाइएको थियो । उहाँहरु मध्ये प्रा.डा. आचार्यलाई समितिले छनोट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्