नेभिगेशन

स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदान महत्त्वपूर्ण: अर्थमन्त्री विष्णुप्रसाद पौडेल

नेपाल हेल्थ न्युज, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको सेवा सुविधाको प्रयासमा निजी क्षेत्रले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल नेस्नल हस्पिटल कलङ्कीमा आजदेखी सुरु भएको मृगौला रोगीहरूको लागी डायलासीस सेवाको उद्घाटन गर्नुहुँदै उहाँले डायलासिस सेवाले सर्वसाधारणमा थप सहयोग पुर्‍याउने बताउनुभयो ।

बिगत ७ वर्षदेखि स्वास्थ्य सेवा पुर्‍याउँदै आएको सो अस्पतालमा नवजात शिशुका लागी अत्याधुनिक स्वास्थ्य सेवा लगायत सुविधा सम्पन्न डायलासीस सेवाले गर्दा यस क्षेत्रका सबै मृगौला पीडितहरूका लागी सर्वसुलभ सेवा पुर्‍याउने अपेक्षा गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा। प्रकाश पौडेलले जानकारी दिनुभयो ।

डायलासीस सेवाको उद्घाटन समारोहमा पाटन उच्च अदालतका न्यायाधीश कृष्णराम कोइराला, चीन सरकारका लागी नेपालका पूर्व राजदूत बिष्णु पुकार श्रेष्ठ, लगायत स्वास्थ्य क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट