Logo
|
Friday 21st February 2025
Logo

epaper

पोखराका मेयर धनराज आचार्य आज अस्पतालबाट डिस्चार्ज



नेपाल हेल्थ न्युज, काठमाडौं । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारत पोखराका मेयर धनराज आचार्य आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन पड्किँदा जलेर घाइते भएका मेयर धनराज आचार्य अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँ ६ दिनपछि अस्पतालबाट घर फर्किनुभएको हो ।

मेयर आचार्यलाई फागुन ८ गते ‘डिस्चार्ज’ गरिएको कीर्तिपुर अस्पतालले जनाएको छ।
उहाँसँगै जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल फागुन ६ मा ‘डिस्चार्ज’ हुनुभएको थियो। पौडेलको हात र आचार्यको अनुहारमा जलन भएको थियो।

पोखराको प्रदर्शनी केन्द्रमा फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष, २०२५’ उद्घाटन गर्ने क्रममा पानसमा बालिएको डिजिटल दियोबाट निस्केका झिल्काले भेट्टाउँदा हाइड्रोजन ग्यास भरिएका बेलुन पड्किएका थिए। दुई वटा मुठामा रहेका बेलुन हातमै पड्किएपछि निस्केको ज्वालाले जलन भएर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते हुनुभएको थियो ।

पोखरामा उपचार हुन नसकेपछि दुवै जनालाई काठमाडौं ल्याइएको थियो।

यस घटनामा प्रहरीले बेलुन ग्यास भर्ने कमलेश कुमारलाई पक्राउ गरेको छ। उनी विरुद्ध अभद्र व्यवहारको कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। आयोजकको लापरवाहीले यस्तो घटना भएको भन्दै आलोचना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्