Logo
|
Friday 21st February 2025
Logo

epaper

आपतकालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक



नेपाल हेल्थ न्युज, काठमाडौं । आपत्कालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतमा आज बैठक सम्पन्न भएको केन्द्रले जनाएको छ ।

यसैबीच, आज नै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्वास्थ्य आपत्का तथा विपद् पूर्वतयारी तथा प्रतिकार्यमा भए र गरेका कार्यहरुको समीक्षा गरी नेपालका लागि कार्यान्वयन गर्न योग्य र प्रभावकारी सुझावहरु पेस गर्न प्राविधिक समितिको बैठक प्रा.डा प्रदीप वैद्यको अध्यक्षतामा बसेको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्