Logo
|
Thursday 27th February 2025
Logo

epaper

नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना



नेपाल हेल्थ न्युज, गोलबजार (सिरहा) । सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।

नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गर्नुभयो ।

“हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ”, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भन्नुभयो।

उहाँका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक जितेन्द्र यादवको टिमले उपचार गर्ने र केन्द्र अन्य व्यवस्थापन गाउँपालिकाले गर्नेछ । उक्त केन्द्र सञ्चालनका लागि १५ लाख स्रोत व्यवस्थापन गरिएको भन्दै आवश्यकताअनुसार थप्दै जाने गाउँपालिकाले जनाएको छ ।

केन्द्र स्थापना भएसँगै सर्पले डसेमा उपचारका लागि चोहर्वा वा लाहन जानुपर्ने बाध्यता अन्त्य हुने गाउँपालिकाका अध्यक्ष यादवले बताउनुुभयो । उहाँका अनुसार उपचारका लागि आवश्यक पर्ने ‘स्नेक एन्टी भेनम’ तथा अन्य सामग्री व्यवस्थापन गरी केन्द्र सञ्चालनमा आएकाले उपचारमा स्रोत अभाव नहुने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्र सञ्चालनमा आएसँगै नवराजपुर गाउँपालिकाका साथै जिल्लाका भगवानपुर, बरियारपट्टी र औरही गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । सर्पदंश उपचार केन्द्र स्थापनाका लागि स्थानीय रामऔतार यादवले जग्गा दान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्