डा. अमिना प्रधानको अध्यक्षतामा नेपलिज सोसाइटी अफ पेरियोडण्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको नयाँ कार्य समिति निर्वाचित
नेपाल हेल्थ न्युज, काठमाडौं । डा. अमिना प्रधानको अध्यक्षतामा नेपलिज सोसाइटी अफ पेरियोडण्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको नयाँ कार्य समिति निर्वाचित भएको छ ।

फागुन १६ र १७ गते पोखरामा पोखरामा सम्पन्न भएको दशौं अन्तर्राष्टिय सम्मेलन तथा साधारण सभाबाट डा. प्रधानको अध्यतामा नेपलिज सोसाइटी अफ पेरियोडण्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको नयाँ कार्य समिति सर्व सम्मत निर्वाचित भएको हो । सोसाइटीको उपाध्यक्षमा डा.भागेश्वर धामी महासचिवमा डा. खुस्बु गोयल, कोषाध्यक्षमा डा. सगुन रेग्मी र सदस्यहरुमा डा. विकास अग्रहरी, डा. सिमान्त लामिछाने, डा. स्तुति वाग्ले, डा. सिर्जना निरौला र डा रेबिका रञ्जित निर्वाचित हुनुभएको छ ।