Logo
|
Saturday 22nd March 2025
Logo

epaper

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा कसले मार्ला बाजी ? ३ जना चिकित्सकको नाम सिफारिस



नेपाल हेल्थ न्युज, काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

निर्देशकका लागि आवेदन दिएका १० जनामध्ये प्रस्तूतीकरण र अन्तर्वार्ताका आधारमा डा. रुद्र मरासिनी, डा. मोहनचन्द्र रेग्मी र डा. प्रमोद यादवको नाम सिफारिस गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मुख्यसचिव अध्यक्ष रहेको अस्पताल विकास समितिले निर्देशक नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।

अस्पताल विकास समिति गठन आदेश अनुसार समितिले सिफारिसमा परेका तीनजनामध्ये एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने छ।

अस्पतालका हालका निर्देशक डा पौडेलको कार्यकाल फागुन २५ गतेबाट सकिँदै छ।

प्रतिक्रिया दिनुहोस्