Logo
|
Wednesday 1st May 2024
Logo

epaper

अनशनरत डा।केसीको पक्षमा प्रदर्शन, पूर्वप्रधानन्यायाधीश कार्की पनि सामेल



चिकित्सा क्षेत्र सुधारको माग राखी १३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार जुलुस प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन् । चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदबाट तत्काल पारित गरिनुपर्नेलगायत केसीको माग छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेसाकर्मी र सर्वसाधारणको उपस्थिति थियो । शनिबारको प्रदर्शनमा पूर्वप्रधानन्याधीश सुशीला कार्की पनि सहभागी थिइन् । जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।

शनिबारको प्रदर्शनमा पूर्वप्रधानन्याधीश सुशीला कार्की पनि सहभागी थिइन् । कार्कीले डा केसीको अनसनमा ऐक्यवद्धता जनाउँदै आफू पनि प्रदर्शनमा सहभागी भएको बताइन् । डा केसीको माग जायज रहेको, शिक्षा र स्वस्थ्य क्षेत्रमा देखिएको विकृति र विसंगतीविरुद्ध लागेकोल‍े सर्वसाधारण पनि केसीको पक्षमा लाग्नु पर्ने बताइन् । उनले भनिन्, ुडा केसीले स्वास्थ्य क्षेत्रमा योग्य र दक्ष व्यक्ति आउन् भनेर नै अनसन बस्नु भएको छ । यो क्षेत्रमा व्यापार गर्न पाइन्न । त्यसैले यो अनसनलाई साथ दिऔ

कार्कीले विदेशमा पनि यस्तो राम्रो माग गरेर अनसन बसिने जनाउँदै केसीको अनसन न्यायसंगत भएको बताइन् । -कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्