Logo
|
Wednesday 1st May 2024
Logo

epaper

२४६ जना महिलाको भि.आइ.ए. टेष्ट



नेपाल अर्बुद रोग निवारण संस्था र हिले ब्याडमिन्टन क्लबको संयुक्त आयोजनामा धनकुटाको हिलेमा क्यान्सर रोग परिक्षण शिविर सम्पन्न भएको छ ।
शिविरमा भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाह, स्त्री रोग विशेषज्ञ डा. उषा बादे श्रेष्ठर लगायत १८ जना टोलीद्धारा २४६ जना महिलाहरुको भि. आइ.ए गरी पाठेघरको मुखको जाँच गरेको हिले व्याडमिन्टन क्लवका अध्यक्ष श्री राम तामाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार १७ जना आङ खसेका महिलाहरुको रिङ प्रेसरी राखिएको थियो । साथै १५३ जना पुरुषले सामान्य क्यान्सरको जाँच गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले क्यान्सर रोग पिडितहरुलाई ५ हजार रुपैँया दिने निर्णय गरेता पनि सरकारले अहिले सम्म लागु गर्न सकेकोमा दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रमको विशेष अतिथि नेपाल अबुर्द रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ (ईश्वर) ले क्यान्सर रोगबाट बच्न खानपानमा विशेष ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले नेपाल सरकारले विपन्न नागरिकहरुलाई १ लाख दिदँै आइरहेको र त्यो रकम ३ लाख पु¥याउने कोसिस भइरहेको बताउनुभयो । नेपाल सरकारले क्यान्सर उपचारको लागि ४५ करोडको मेसिन ल्याएता पनि प्रयोग नगरेको भन्दँै उहाँले दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्