Logo
|
Friday 19th April 2024
Logo

epaper

बी एण्ड बी हस्पिटलमा एक्युट स्ट्रोक युनिट शुरु, हेलिप्याडको व्यवस्था



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी हस्पिटलमा एक्युट स्ट्रोक युनिट शुरु भएको छ । विश्व स्नायु दिवस २०२२ का अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले हस्पिटलको एक्युट स्ट्रोक युनिटको उद्घाटन गर्नुभयो ।


वल्र्ड फेडरेसन अफ न्युरोलोजीको आयोजनामा हरेक वर्ष २२ जुलाईमा विश्व स्नायु दिवस मनाउने गरिएको छ । यस वर्ष ‘सबैका लागि स्नायु स्वास्थ्य’ भन्ने मुल नाराका साथ नेपाल लगायत विश्व भर यो दिवस मनाइएको छ ।
सो अवसरमा हस्पिटलका सञ्चालक द्धय डा. जगदिशलाल वैद्य र डा. अशोक बास्कोटाले हस्पिटलमा एक्युट स्ट्रोक युनिट शुरु गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । डा. वैद्यले स्ट्रोकका बिरामीलाई लक्षित गरे हस्पिटलको नयाँ भवनमा हेलिप्याडकोसमेत व्यवस्था गरिएको जानकारी गराउनुभयो ।


हस्पिटलका सिनियर कन्सल्यान्ट न्युरो सर्जन डा.शिखर श्रेष्ठले ४ जनामध्ये १ जनालाई मस्तिष्कघात हुने गरेको विश्वव्यापी तथ्याङ्क उल्लेख गर्दै मस्तिष्कघात ५० वर्ष नाघेका व्यक्तिलाई मात्र नभई अहिले युवाहरुमा पनि देखिन थालेको बताउनुभयो ।


उहाँले स्ट्रोकका बिरामीलाई जतिसक्दो चाँडो हस्पिटल पुर्याएर उपचार शुरु गर्न सकेमा पक्षघात हुनबाट जोगाउन सकिने बताउनुभयो ।


कार्यक्रमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, डा. सुन्दर मणि दिक्षित, पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष सुर्य सुवेदीलगायतका व्यक्तिले हस्पिटललाई शुभकामना दिनुभयो ।


स्नायु कोषिकाहरुमा क्षति भई मस्तिष्कमा पोषण र अक्सिजनको मात्रा कम भएर हुनसक्ने समस्यालाई मस्तिष्कघात (स्ट्रोक) भनिन्छ । मस्तिष्कघातले मस्तिष्कमा रगत आपूर्ति गर्ने स्नायु कोषिकाहरुमा अवरोध भएमा वा फुटेमा मस्तिष्कघात हुनेगर्छ । मस्तिष्कघातले प्यारालाईसिस मात्र नभई स्नायु र न्यायु कोषिकाहरुमा स्थायी क्षति पु¥याएर व्यक्तिको ज्यासमेत लिनसक्छ ।


अमेरिकाको हारवर्ड विश्वविद्यालयका अनुसार, मस्तिष्कमा १०० बिलियन कोशिकाहरु हुन्छन् । मस्तिष्कघातले रक्तनसा बन्द भई उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख ब्रेनका कोशिका मर्दछन् । त्यसैले मस्तिष्कघातलाई एक्युट मेडिकल इमर्जेन्सी (आपतकालीन स्वास्थ्य समस्या) भनिन्छ ।


मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर (इस्केमिक स्ट्रोक) वा मस्तिष्कमा रगत आपूर्ति गर्ने धमनीहरु फुटेर ( ह्मामरेजिक) मस्तिष्कघात हुने गर्छ । मस्तिष्कघात कसलाई कुनबेला हुनसक्छ भन्ने नजरअन्दाज गर्न कठिन पर्छ ।


यद्यपी ५० वर्ष उमेर नाघेका, उच्चरक्तचाप भएका, धुम्रपान र मध्यपान सेवन गर्ने, मधुमेह, उच्च कोलेस्टेरोल, तनावपूर्ण जीवनशैली, मुटु र रक्तसञ्चार सम्बन्धि समस्या, परिवारमा मस्तिष्कघातको समस्या भएका व्यक्तिहरु मस्तिष्कघात हुने उच्च जोखिममा रहेका छन् । शारीरिक सन्तुलन गुम्ने, आँखा धमिलो हुने, अनुहार बांगिने, हतखुट्टा लुलो हुने, बोली लरबराउने समस्या देखिएमा समय खेर नफाली तत्काल अस्पताल पु¥याउन चिकित्सकहरुले सल्लाह दिएका छन् ।


यसरी मस्तिष्कको नसामा रगत जमेर रक्तसञ्चार कम भएमा थ्रोम्बोलाईसिस र इन्डोभास्कुलर विधिबाट बिरामीको उपचार शुरु गर्नुपर्छ । यसरी २४ घण्टाभित्र बिरामी आइपुगेको अवस्थामा मेकानिकल थ्रोम्वेक्टोमीबाट बिरामीलाई जोगाउन सकिन्छ । साथै पक्षघातको दीर्घकालीन असरबाट आंशिक वा पूर्ण रुपमा जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्