वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ
२०७६, ५ जेष्ठ आईतवार ०९:०८ मा प्रकाशित
घाइते तथा बिरामी वन्यजन्तु उपचारका लागि नेपालमै पहिलो वन्यजन्तु अस्पताल निर्माण गरिएको हो । उपकरण खरीद, व्यवस्थापन निकुञ्ज विभागले गर्ने र राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा सहयोग गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका अनुसन्धान अधिकृत डा. बाबुराम लामिछानेले बताए ।घाइते तथा बिरामी वन्यजन्तु उपचारका लागि नेपालमै पहिलो वन्यजन्तु अस्पताल निर्माण गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार आगामी आर्थिक वर्ष अस्पताल पूर्णरूपमा सञ्चालनमा आउनेछ । ‘अस्पताल संवेदनशील विषय भएकाले सञ्चालनमा ढिलाइ भएको हो,’ उनले भने, ‘वन्यजन्तु अस्पताल भएकाले व्यवस्थापनमा जटिलता हुन्छ, अर्को आर्थिक वर्षबाट अस्पतालले सेवा सुरु गर्छ ।’
भट्टराईले वन्यजन्तुको कतिपय औषधि नेपाल सरकारले अर्को देशको सरकारलाई आग्रह गरेर ल्याउनुपर्ने भएकाले ढिलाइ हुन पुगेको स्पष्ट पारे । अस्पताललाई चाहिने कर्मचारी लोकसेवा आयोगमार्फत ल्याउनुपर्ने भएकाले पनि तोकिएको समयमै सेवा सुरु गर्न कठिन भएको उनले बताए ।