Logo
|
Sunday 19th May 2024
Logo

epaper

लोमस फर्मासिटिकल्स प्रा.लि. र ह्याम्स हस्पिटलबीच व्यापारिक र सामाजिक कार्यमा सहकार्य गर्ने सम्झौता



नेपाल हेल्थ न्युज काठमाडौं। लोमस फर्मासिटिकल्स प्रालि र ह्याम्स हस्पिटलबीच व्यापारिक र सामाजिक कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ। स्वास्थ्य शिविर र हस्पिटलका लागि आवश्यक पर्ने विभिन्न औषधी खरिद गर्ने विषयमा लोमस र ह्याम्सबीच सम्झौता भएको हो।

लोमस फर्मासिटिकल्सका डाइरेक्टर प्रणवजंग पाण्डे र ह्याम्स हस्पिटलकी मार्केटिड डाइरेक्टर सची रेग्मीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

लोमस फर्मासिटिकल्सले औषधी उत्पादन एवं वबक्रि वितरण गर्दै आएको छ। सम्झौता अनुसार आवश्यक औषधीहरु समेत हस्पिटलले लोमसको खरिद गर्ने छ।

प्रतिक्रिया दिनुहोस्