Logo
|
Wednesday 1st May 2024
Logo

epaper

मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज



जनस्वास्थ्य सरोकार, जनकपुर । जनकपुरको मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज भएको छ । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले कलेजको सम्बन्धन खारेज गरेको हो ।


विश्वविद्यालयको कार्यकारी परिषदको माघ ११ गतेको बैठकको निर्णय नं १३७ अनुसार सम्बन्धन खारेज गरिएको डिन कार्यलयले जनाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत मिथिला मेडिकल कलेजले आयुर्वेद स्नातक तह (बीएएमएस) सम्बन्धन पाएको थियो । उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल संस्कृत विश्वविद्यालयको आंगिक केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा बाँकी अध्ययन पूरा गर्ने व्यवस्था मिलाइएको डिन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्