Logo
|
Wednesday 1st May 2024
Logo

epaper

मोरङ क्षेत्र नं ३ मा मेडिकल कलेज सञ्चालक सुनिल शर्माको अग्रता



जनस्वास्थ्य सरोकार, मोरङ । मोरङ क्षेत्र नं ३ मा मेडिकल कलेज सञ्चालक सुनिल शर्माको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्यको ६ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा एमालेका पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत प्राप्त गर्नुभएको छ भने राप्रपाकी रेखा थापाले नौ सय ६ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।

जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७ हजार चार सय ६८ खसेको थियो।

प्रतिक्रिया दिनुहोस्