Logo
|
Friday 26th April 2024
Logo

epaper

एन्टिबायोटिक्स प्रतिरोध बढ्दो चुनौती



सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले पत्ता लगाएको पेनिसिलिन एन्टिबायोटिक्स औषधी १९४० को दशकमा व्यावसायिक रूपमा बजारमा उपलब्ध हुनथालेसँंगै संक्रमणको कारण हुने मानिस र पशुपन्क्षीको मृत्युमा नाटकीय रूपमा कमी आएको थियो । त्यसयता विकसित मुलुकहरूले अनुसन्धानमा गरेको ठूलो लगानी र अनुसन्धानकर्मीहरूको अथक प्रयासको परिणामस्वरूप विभिन्न समूहका थप एन्टिबायोटिक्स र अन्य औषधीसमेत अहिले बजारमा उपलब्ध छन् । यिनै विभिन्न एन्टिमाइक्रोवियल्स औषधीको सहज उपलब्धताको कारण आज मानिस र पशुपन्क्षीले संक्रमणको कारण हत्तपत्त ज्यान गुमाउन पर्दैन । तर यस्ता एन्टिमाइक्रोवियल्स औषधीहरू विशेषगरी एन्टिबायोटिक्स विरुद्घ जीवाणुले प्रतिरोध क्षमता अपेक्षाभन्दा छिटो–छिटो विकास गरिरहेको हुंँदा क्रमशस् कम प्रभावकारी हुंँदै गइरहेको अनुसन्धान विश्वका उत्कृष्ट जर्नलहरूमा एकपछि अर्को गर्दै प्रकाशित भइरहेका छन् । अहिलेकै गतिमा एन्टिबायोटिक्स विरुद्घ जीवाणुहरूको प्रतिरोध क्षमता बढ्दै जाने हो भने छिट्टै संसार कतै प्रभावकारी एन्टिबायोटिक्सविहीन हुने त होइन भन्ने चिन्तासमेत व्यक्त हुनथालेका छन् । हरेक वर्ष विश्वभर ४ लाख ८० हजारभन्दा बढी त औषधी प्रतिरोधी क्षमता भएका क्षयरोगका बिरामीहरू देखा परिरहेका छन् ।

मूलतस् जीवाणुले औषधी विरुद्घ प्रतिरोध क्षमताको विकास गर्न प्राकृतिक र मानव सिर्जित वातावरण दुवै महत्त्वपूर्ण छन् । प्राकृतिक कारणमा जीवाणुहरूमा निरन्तर भइरहने अनुवांशिक परिवर्तनको कारण लामो समयसम्मको प्रयोगपश्चात औषधीहरू क्रमशस् कम प्रभावकारी हँुंदै जानु एउटा स्वाभाविक प्रक्रिया हो । तर अहिलेको चासो र चिन्ताचाहिँ मानव सिर्जित वातावरणको कारण जीवाणुहरूले गरिरहेको अस्वाभाविक छिटो–छिटो प्रतिरोध क्षमताको विकास हो । मानव सिर्जित कारणमा एन्टिबायोटिक्स औषधीहरूको अत्यधिक र जथाभावी प्रयोगलाई सबैभन्दा महत्त्वपूर्ण मानिएको छ । पेनिसिलिनका आविष्कारक फ्लेमिङले १९४५ मै नोबेल पुरस्कार ग्रहण गर्दा यो सम्भावनालाई औल्याउंँदै भनेका थिए– ‘विश्वमा एकदिन यस्तो समय आउनेछ, जहांँ पेनिसिलिन सहज रूपमा हरेक पसलमा खरिद गर्न पाइनेछ र अज्ञान व्यक्तिले चाहिनेभन्दा कम मात्रामा प्रयोग गरी जीवाणुहरूलाई प्रतिरोधी बनाउन मद्दत गर्नेछन् ।’ ७ दशकअघि फ्लेमिङले भनेका कुरा अहिले वास्तविकतामा परिवर्तन हुंँदै गइरहेको देखिन्छ । त्यसैगरी व्यावसायिक पशुपन्क्षी पालनमा विभिन्न रोगको उपचार र नियन्त्रणको लागि अत्यधिक मात्रामा एन्टिबायोटिक्स औषधीको प्रयोग हुने र त्यस्ता पशुपन्क्षीको उत्पादन मानिसले प्रयोग गर्दा रहलपहल एन्टिबायोटिक्स न्यून डोजमा मानिसले खपत गर्ने सम्भावना हुनेहुंँदा जीवाणुले प्रतिरोधी क्षमता विकास गर्ने सम्भावना हुन्छ । वातावरण र पशुपन्क्षीहरूको हेरचाहमा संलग्नहरूसमेत प्रतिरोधी जीवाणुहरूबाट संक्रमित हुन सक्छन् । यही कुरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले व्यावसायिक पशुपन्क्षी पालनमा छिटो हुर्काउनको लागि स्वस्थ पशुपन्क्षीहरूमा गरिने एन्टिबायोटिक्सको प्रयोगलाई निरुत्साहित र बन्द गर्न आह्वान गरेको छ । विश्व पोल्ट्री काउन्सिलले विश्व स्वास्थ्य संगठनको सिफारिसमा पर्याप्त वैज्ञानिक आधार नभएको भन्दै आपत्ति जनाएको छ ।

थोरै मात्रामा भए पनि गरिएका विभिन्न अनुसन्धान र रिपोर्टहरूले नेपालमा पनि अन्य मुलुकमा जस्तै एन्टिबायोटिक्स प्रतिरोध क्षमता विकास हँुंदै गइरहेको देखाएका छन् । बढ्दो रूपमा औषधी प्रतिरोधी क्षयरोगका रोगीहरू भेटिँदै जानुले यो समस्या बढ्दै गएको प्रस्ट हुन्छ । क्षयरोगको लागि लामो समयसम्म औषधी सेवन गर्नुपर्ने तर केही बिरामीले हेलचेक्र्याइँ गरिदिने र कोर्ष पूरा नगरी औषधी खान छोडिदिँंदा पनि यो समस्या बढ्दै गएको हो । क्षयरोगको अलावा टाइफाइड विरुद्घ प्रयोग गरिने एन्टिबायोटिक्स र अन्य नयाँं केही पछिल्ला समयका एन्टिबायोटिक्समा समेत प्रतिरोध क्षमता विकास हँुंदै गएका प्रमाण फेला परेका छन् । नेपालमा एन्टिबायोटिक्स औषधीहरूसमेत लाइसेन्स प्राप्त चिकित्सकको सिफारिसविना सजिलै औषधी पसलमा किन्न पाइने हँुंदा एन्टिबायोटिक्स आवश्यक नै नपर्ने बिरामीहरूले पनि यसको खपत गरिरहेका हुन्छन् । उदाहरणको लागि भाइरसजन्य रुघाखोकीमा समेत कैयन मानिसले अनावश्यक रूपमा एन्टिबायोटिक्स प्रयोग गरिरहेका हुन्छन् ।

जति औषधी खुवाए पनि निको हँुंदैन भन्ने किसानको बरोबरको गुनासोको पछाडि औषधी प्रतिरोध क्षमता कम भएको हुनसक्छ । आउंँदो केही वर्षमा अन्डा, मासु र दूध उत्पादनमा आत्मनिर्भर हुने सरकारी योजना र अनुदानमा आधारित पशुपालनसंँग सम्बन्धित ठूला आयोजनाका कारण व्यावसायिक पशुपन्क्षी फार्मको विस्तारको सम्भावना टड्कारो छ । यसले गर्दा एन्टिबायोटिक्सको प्रयोग स्वाभाविक रूपमा त्यही स्तरमा बढ्नेछ । आवश्यक अनुगमन गर्न र एन्टिबायोटिक्सको सही र उचित प्रयोगबारे समयमै सचेतना फैलाउन नसकेमा यसले भोलि अर्को समस्या ननिम्त्याउला भन्न सकिन्न ।

नयाँ र प्रभावकारी एन्टिबायोटिक्सको विकास एकदमै गाह्रो र महङ्गो प्रक्रिया हो । वैज्ञानिकहरू त्यसका लागि निरन्तर प्रयत्नशील छन् । तर अहिलेको आवश्यकता भनेको भएका एन्टिबायोटिक्स औषधीको जिम्मेवारीपूर्वक प्रयोग गरी यिनीहरूको आयु लम्ब्याउनु हो । यसको लागि एन्टिबायोटिक्सको प्रयोगलाई नियमन गरी मानिसमा दक्ष स्वास्थ्यकर्मीको र पशुपन्क्षीमा दक्ष पशु स्वास्थ्यकर्मीको सिफारिसमा मात्र किन्न पाउने कानुनी व्यवस्था गरी कार्यान्वयन गर्न जरुरी छ ।
कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्