Logo
|
Friday 31st January 2025
Logo

epaper

सरकारी अस्पतालका चिकित्सकको नाम निजी अस्पतालले भजाएर विज्ञापन गर्न नपाइने

कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको फेला परेमा कानुन अनुसार कारबाही



नेपाल हेल्थ न्युज काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकलाई निजी अस्पतालमा गएर उपचार गर्न गरिने विज्ञापनमा रोक लगाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले सरकारी अस्पतालका चिकित्सकले विज्ञापन गरेर निजी अस्पतालमा बिरामी आकर्षित गर्ने गरेको भन्दै त्यस्तो कार्यलाई रोक्न खोजेको जानकारी दिनुभयो । सरकारी सेवाका स्वास्थ्यकर्मीले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने गरेको र आफूलाई सरकारी भनेर निजीमा विज्ञापन गर्ने गरेको पाइएपछि मन्त्रालयले रोक लगाएको हो ।

कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको फेला परेमा कानुन अनुसार कारबाही गर्ने प्रक्रियासमेत अगाडि बढाउने उहाँले बताउनुभयो । कानुन अनुसार कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले यस्ता प्रकारका गतिविधि गराएको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन अनुसार दुई वर्षसम्म बढुवामा रोक लगाउन सकिने व्यवस्था रहेको छ ।

बुर्लाकोटीले सरकारी अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा निजी क्षेत्रका अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा बिरामी परीक्षण गर्ने र सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गरेकाले कडाइ गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्