Logo
|
Tuesday 19th March 2024
Logo

epaper

बच्चामा ब्रेन पावर बढाउने १३ मन्त्र



के सबैदिन पढेरपनि परिक्षामा तपाइको बच्चाको थोरै नम्बर आउछ ? पठक पटक पढ्दापनि उसलाई केही याद रहदैन ? दिक्क नहुनुहोस् । तपाइको बच्चाको मेमरी पावर बढाउन सजिलो उपाय बताइ रहनु भएको छ स्वैता सिंहले ।
स्टडी प्रेशर
बच्चाको कमजोर स्मरणशक्तिको जिम्मेदार अभिभावक हुन्छन् । कति अभिभावक बच्चालाई दबाब दिन्छन् उसले परिक्षामा ९० प्रतिशत ल्याउनु पर्दंछ । पैरेन्ट्सको दबााले गर्दा बच्चा याद रहेको कुरा पनि भुल्दछन् । त्यसैले पढाइको समयमा बच्चालाई कुनै किसिमको दवाव नदिइ उनीहरुलाई सकारात्मक तरिकाले सल्लाह दिने ।
पढाइमा घण्टा बाड्ने  
लगातार पढिरहनाले बच्चा विस्तारै पहिला पढेको भुल्न लाग्दछन् । लामो समयसम्म स्टडी टेवलमा बस्दाखेरी उ थाक्दछ । त्यसैले पढाइको घण्टा बाँड्नुपर्छ । जस्तो केही समय पढेपछि थोरै समय टिभी हेर्ने, बाहिर घुम्ने, वा उसलाई मनपरेको काम गर्ने अनुमति दिनुपर्दछ ।
नयाँ कुरासँग जोड्ने 
पढाइमा नयाँ कुराको एसोसियसन धेरै जरुरी हुन्छ जस्तो बच्चालाई कुनै कथा सुनाउदा कुनै दोश्रो घटनासँग जोड्ने । यसो गर्नाले बच्चा त्यो कथा कहिल्यै भुल्दैनन् । पढाउदाको समयमा कुनै गीतको लाइनमा कुनै ठाउको नाम वा कार्टूनको नाममा तपाइ उसलाई कुनै फर्मूला सिकाउन सक्नुहुन्छ । यस्तो गर्नाले बच्चा यो कुरा सधै ँ याद राख्दछ ।
रिविजनको तयारी बदल्ने 
यदि तपाइको बच्चा परिक्षाको समयमा केही सम्झन सक्दैन भने उसको पढाइको तरीकामा थोरै परिवर्तैन ल्याउने । केही कु्रा पढ्दाको समय उसलाई त्यो कुरा लेख्न लगाउने र फेरी ठुलो स्वरले पढ्न लगाउने । यसो गर्नाले बच्चा त्यो कुरालाई लामो समयसम्म सम्झिरहन सक्छन् ।

सुव्यवस्थित तरीका
धेरै बच्चा छोट्करीमा लेख्ने गर्दछन् र सफा नोट बनाउदैनन् । हतारमा कुनै किताबको पछाडीको पानामा महत्वपूर्ण कुरा लेखिदिन्छन् र पछि त्यसलाई पढ्न पाउदैनन् । अभिभावक भएको नाताले तपाइको यो जिम्मेवारी बन्दछ उनीहरुलाई सही ढंगले नोट बनाउनको लागि प्रेरीत गर्ने । यसो गर्नाले परिक्षाको समयमा ठिक सँग पढ्न सक्दछन् ।

जरुरी कुरा याद राख्ने 
धेरैजसो बच्चाहरु बेकारको कुरा दिमागमा भर्दछन् । यसले गर्दा पढाइको कुरा केही याद रहदैन । जस्तो कार्टुनको लागि पागलपन, भिडियो गेम जस्ता बेकारका कुरामा उनीहरुको ध्यान धेरै रहन्छ । यस्तोमा कुनकुन याद राख्ने र कुन कुराले समय वर्वाद गर्नबाट बच्ने भन्ने कुरा अभिभावकले उनीहरुलाई सम्झाउनु पर्दछ ।
नेचुरल हो भुल्नु 
भूल्ने समस्या सबै बच्चामा हुन्छ । तर आफ्नो बच्चामा यो किन हुन्छ ? यसको कारण जान्ने कोशिश गर्ने । साधारणतया हतारमा यादगर्ने, एग्जामको टेन्सन लिने, एकै किसिमको फर्मूला हुनाले भूलने कारण हुनसक्छ । त्यसैले परिक्षा भन्दा पहिला एउटै पाठलाई धेरैपटक दोहो¥याउन लगाउने र एकै किसिमको फर्मूला याद गर्दाको समय बीचमा ब्रेक गर्न भन्ने ।

अनुकुल अवस्था बनाइराख्ने
परिक्षाको  समयमा घरमा बच्चालाई शान्त र राम्रो माहौल हुनु धेरै जरुरी हुन्छ । खासगरी अभिभावकले पढाइको समयमा टिभी खोल्ने, साथै ठूलौ स्वरले कुरा गर्ने र म्यूजीक सुन्नाले बच्चाको पढाइमा डिस्टर्व हुन्छ । त्यसैले   घरको माहौल शान्त बनाइ राख्ने ।
सम्झन जोड दिने 
कुनै बच्चा सुगाको जस्तै रट्दछन् । उनीहरु सम्झने कोशिस गर्दैनन् । मात्र परिक्षाको बेलामा उनीहरु पास हुनको लागी मात्र रट्दछन् । यो कुरा धेरै दिनसम्म याद रहदैन । रट्नु भन्दा बच्चालाई त्यो विषय ठिक सँग सम्झन भन्ने । यदि यसमा बच्चालाई कुनै किसिमको समस्या आएमा उनीहरुलाई मद्धत गर्ने ।
डिस्कस गर्ने 
पढिसकेपछि बच्चालाई त्यही विषयसँग जोडिएको प्रश्न सोध्ने । यस्तो किसिमले डिस्कस गर्नाले बच्चालाई त्यो विषय राम्रोसँग याद रहन्छ । परिक्षाको समयमा उनीहरु त्यो कुरा भूले पनि डिस्कसको कारण उनीहरुलाई त्यो कुरा याद आउछ ।
बच्चाको आफ्नो तरीका
सबै बच्चाको पढ्ने तरिका अलग अलग हुन्छन् । कोही रातमा पढ्छन् भने कोही बच्चा दिनमा धैरै ध्यान लगाएर पढ्दछन् । कोही बच्चा लेखेर याद गर्दछन् भने कोही डायग्राम बनाएर । यसमा उनीहरुलाई आफ्नो तरीका थोपर्नुभन्दा उनीहरुकौ तरीकाले पढ्न दिनुपर्दछ ।
तनाव रहीत बातावरण 
सही तरीकाले पढाइ हुनको लागि बच्चालाई तनाबरहित वाताबरण हुनु जरुरी हुन्छ । कुनैपनि किसिमको तनाव, डर, दुविधा, चिन्ता आदी ले बच्चाको यादगर्ने र सोच्ने शक्तिमा नकारात्मक असर पर्दछ । बच्चालाई एक ट्रपिकमा लगातार डिस्कस गर्नबाट बचाउने ।
एक्सरसाइज
जसरी एक्सरसाइजले शरीर फिट रहन्छ उसै तरह दिमागको पनि सन्तुलित र कतेज बनाइराख्न को लागि एक्सरसाइजको जरुरी हुन्छ । बच्चालाई विहान छिट्टै एक्सरसाइज गर्ने सल्लाह दिने । यसले उसको मेमरी बढ्दछ । बन्दकोठामा भन्दा बच्चालाई खुला वातावरण मा राखेर पढाउने ।
यसो गर्नाले उसलाई पढेको कुरा छिट्टै याद हुन्छ र लामो समयसम्म दिमागमा रहिरहन्छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्