Logo
|
Friday 26th April 2024
Logo

epaper

स्कोलियोसिस के हो ?



स्कोलियोसिस मेरुदण्डमा हुने हड्डीसम्बन्धी रोग हो । जसमा बाहिरबाट हेर्दा नै मेरुदण्ड एकातिर झुकेको जस्तो देखिन्छ । हाल विश्वका लाखौँ मानिस स्कोलियोसिसबाट पीडित छन् । बालबालिकादेखि वृद्धवृद्धासम्म नै यो रोगबाट प्रताडित भएको पाइन्छ ।


हुने कारण
स्कोलियोसिस विभिन्न कारणले हुने गर्छ । त्यसमध्ये पनि वंशानुगत र वातावरणीय मुख्य दुई प्रमुख कारण छन् । जन्मजात नै बालबालिकाका मेरुदण्ड बांगिएर आएको हुन्छ, यसलाई वंशानुगत कारण मान्न सकिन्छ । त्यस्तै, बाहिरी चोटपटकका कारण पनि मेरुदण्ड बांगिन सक्छ । यससँगै इन्फेक्सन, क्षयरोग, ट्युमरजस्ता संक्रमणले गर्दासमेत मेरुदण्डमा समस्या आउँछ । यसका साथै कहिलेकाहीँ बुढेसकालमा हड्डी खिइएर पनि स्कोलियोसिस हुने गर्छ ।
थाहा पाउन
स्कोलियोसिसको मुख्य लक्षण ढाडको दुखाइ हो । अधिकांश मानिस लडेका कारण दुख्ने समस्या लिएर अस्पताल आउने गर्छन् । चोटपटकका कारण उनीहरूको मेरुदण्ड बांगिएको हुन्छ । जन्मजात यो रोग लागेको भए पनि बालक छँदा थाहा हुँदैन । तर, बिस्तारै युवा अवस्थामा पुगेपछि पछाडिबाट हेर्दा ढाड एकापट्टि झुकेको जस्तो देखिन्छ । यस्तो हुँदा एकातिरको काँध अर्कातिरको भन्दा ठूलो हुन्छ । कम्मरको हड्डीको ठीक सीधा लेबलमा टाउको हुँदैन । एकातिरको कम्मरको भाग अर्कातिरको कम्मरको साइजबराबर हँुदैन । यो रोग लागेका मानिसले भारी काम गर्दा कम्मर वा ढाड दुख्ने हुन्छ ।
उपचार
स्कोलियोसिसका लागि एकै किसिमको उपचार पद्धति छैन । तसर्थ, मेरुदण्ड जन्मजात वा अन्य के कारणले बांगिएको हो, सोही आधारमा यसको उचार गरिन्छ । यसका बिरामीमध्ये करिब ९० प्रतिशतको उपचार सामान्य पद्धतिबाट गर्न सकिन्छ । तर, मेरुदण्ड बढी झुकेको अवस्था, हड्डी विकासको समय, महिनावारी हुने वेला शल्यक्रिया गर्नुहुँदैन । यदि, बिरामी वयस्क भएमा अवस्था हेरेर शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ ।स्रोतः नयाँपत्रिका

 

प्रतिक्रिया दिनुहोस्