Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य सहायकहरु पनि आन्दोलित



स्वास्थ्य समूहमा समायोजन प्रक्रिया जटिल बन्दै गएको छ । सरकारी चिकित्सकहरुद्वारा अस्पताल नै ठप्प हुने गरी गरिएको नौ दिने लामो आन्दोलनका कारण प्रक्रिया जटिल बनेको हो । वार्ताको पहल भइरहेका बेला स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट/एचए) हरुले आफ्ना माग लिएर मन्त्रालय पुगेका छन् ।
उनीहरूले उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई समायोजनमा व्यापक त्रुटि रहेको भन्दै सच्याउन आग्रह गर्दै मागपत्र पेश गरेका छन् ।
मन्त्रालयले स्वास्थ्य सहायकको मागमा सुनुवाइ नगरे आन्दोलनमै जानुपर्ने बाध्यता आउने स्वास्थ्य सहायकहरुको भनाइ छ । हेल्थ असिष्टेन्ट संघका  अध्यक्ष दीपेन्द्र खड्काले समायोजनमा एक तह घटुवा गरेकोले आन्दोलित हुनुपरेको बताउनुभयो ।
‘‘हामीले समायोजन सच्याउन ध्यानाकर्षण मात्र गरेका छौँ’’, अध्यक्ष खड्काले थप्नुभयो, “सरकारले हेल्थ असिष्टेन्टको माग सुनुवाइ नगरे आन्दोलनमा जानेछौ ।”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाई समायोजनमा चित्त नबुझे गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ । बिहीबारसम्म उनीहरूले गुनासो गर्न सक्नेछन् ।
स्वास्थ्य ऐनमा नै कर्मचारी समायोजन गर्दा एक तह बढाएर समायोजन गर्ने व्यवस्था गरिए पनि एक तह घटाएर स्वास्थ्य सहायकलाई राखिएकोले आन्दोलित हुनुपरेको उनीहरूको गुनासो छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले समायोजनको सूची सार्वजनिक गर्नेक्रममा केही त्रुटि देखिएको भन्दै त्यसलाई सच्याउन लागिएको जानकारी दिनुभयो । उहाँले सरकारी चिकित्सकको मागका विषयमा आन्तरिक छलफल भइरहेको बताउनुभयो ।
आन्दोलमा रहेको सरकारी चिकित्सकले वार्ताका लागि दुई सातासम्म आन्दोलन स्थगित गरेका छन् ।गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्