Logo
|
Sunday 27th October 2024
Logo

epaper

प्रसूति गराउँदा शिशुको मृत्यु : अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शव लिन अस्वीकार



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात एउटा महिलाको प्रसुती गराउने क्रममा शिशुको मृत्यु भएको छ । अस्पतालको लापरवाहीका कारणा  शिशुको मृत्यु भएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ । गोरखा आरुपोखरीकी ३५ वर्षिया ज्ञानुकुमारी कुँवरले सामान्य प्रसूति (नर्मल डेलिभरी) गराएको शिशु मृत भेटिएको हो ।

सोमबार प्रसूति गृहमा भर्ना भएकी कुँवरले मंगलबार विहान शिशु जन्माएकी थिइन् । शिशुको डेलीभरी गराउनुअघिको स्वास्थ्य परिक्षणमा अस्पतालले शिशुको अवस्था सामान्य भने पनि शिशु जन्मिएपछि मृत्यु भएको थियो । शिशुका आफन्तलले अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै शव लिन अस्वीकार गरेका हुन् । यता अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले भने गर्भमा रहँदा शिशुको अवस्था सामान्य भए पनि जन्मने क्रममा घाँटीमा नाल बेरिँदा मृत्यु भएको बताए । निर्देशक डा. गौतमले शिशुको मृत्यु हुनुमा अस्पतालको कुनै गल्ती नभएको दाबी गर्दै आफन्तले शव लिन नमानेमा प्रहरीको जिम्मा लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्