Logo
|
Sunday 27th October 2024
Logo

epaper

 प्रकाशले दिए मेडिकल माफियालाई धुलो चटाउने चेतावनी



जनस्वास्थ्य सरोकार, काठमाडौं । मेडिकल शिक्षाको सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीको नेतृत्व गर्दै विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्द ठकुरी अगाडि बढेका छन् । उनले माइतीघर मण्डलमा आयोजित विरोध कार्यक्रममा बोल्दै मेडिकल माफियालाई धुलो चटाउने चेतावनी दिए । मंगलबार माइतीघर मण्डलामा प्रकाशले भने, ‘मेडिकल माफियालाई धुलो चटाउछौं ।’ उनले देशमा मेडिकल माफियालाई सरकारले साथ दिइरहेको भन्दै आन्दोलनले अझ सशक्त रुप लिने चेतावनी दिए । प्रकाशले मेडिकल माफियाले मनोमानी गर्दा पनि राज्य मौन रहेको भन्दै प्रश्न गरे । प्रकाशले मेडिकल शिक्षा सुधारको माग गर्दै डडेल्धुराबाट आन्दोलन शुरु गरेका डा. गोविन्द केसीको समर्थन गरे । जायज माग राखेर गरिएको आन्दोलनमा आफूहरुको समर्थन रहने प्रकाशको भनाई थियो ।

पेशाले चिकित्सक समेत रहेका विप्लव मेडिकल शिक्षामा सुधारमा लागेका छन् । उनले मेडिकल शिक्षासम्वद्ध शैक्षिक संस्थाले जथाभावी शुल्क असुलेको भन्दै फिर्ताको माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्