चिकित्सा शिक्षा संघर्ष समितिले गर्यो आइओएम डीन कार्यालय घेराउ
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजविरुद्ध आन्दोलन गरिरहेको मेडिकल विद्यार्थीहरुको समूह चिकित्सा शिक्षा संघर्ष समितिले आज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन कार्यालय परिसरमा प्रदर्शन गरेको छ । विहान साढे ११ बजे देखि विद्यार्थीहरुले डीन कार्यालय परिषरमा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने, ती कलेजको सम्वन्धन खारेज गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।