Logo
|
Monday 28th October 2024
Logo

epaper

उपचारका क्रममा एक विरामीको मृत्यु: कलेजमाथि लापरवाहीको आरोप



जनस्वास्थ्य सरोकार, पाल्पा।  उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा तनाव भएको छ । मृतकका आफन्तले अस्पताललाई उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् भने अस्पतालले उपचारका क्रममा एक्कासी आएको जटिलता भनेको छ ।

गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको आइतबार मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेजमा पाल्पामा शल्यक्रिया गर्दा जटिलता उत्पन्न भएपछि उनको थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लैजादै गर्दा मृत्यु भएको हो ।

एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटभित्र नशा फुटेर रगत जमेको थियो । जमेको रगत हटाइयो । नशा फुटेर बगेको रगत रोक्नका लागि नशाको शल्यक्रिया गर्न भैरहवा मेडिकल कलेजमा चिकित्सकसहित पठाइएको थियो । तर ज्यान बचेन । कलेजका वरिष्ठ सर्जर डा राजकुमार क्षेत्रीले भने ।

शनिबार सामान्य बिरामी भएपछि पाल्पामा उपचारका लागि ल्याएको र आइतबार बिरामीको शल्यक्रिया गर्दा गदै मृत्यु भएको मृतककी आमा रेश्मी रसालीले बताइन । उनले शल्यक्रिया गर्दा लापरवाही भएर आफ्नो छोरीको ज्यान गएको दावी गरिन ।

कलेजका प्रवक्ता कृष्ण पराजुलीले शल्यक्रियापछि थप उपचार आवश्यक रहेकोले भैरहवा लैजाँदा मृत्यु भएको बताए । पीडित र अस्पतालबीच पटक–पटक सहमतिका लागि वार्ता भएको छ । मृतकको शव अहिले पनि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्