Logo
|
Monday 28th October 2024
Logo

epaper

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना



अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई अस्पताल भर्ना गरिएको छ ।

पूर्व राष्ट्रपतिहरूमध्ये सबैभन्दा जेष्ठ ९५ वर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकी इमोरी युनिभर्सिटी अस्पताल भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ।

कार्टरको नसा फुटेर रक्तस्राव भएकोे चिकित्सकहरूले जनाएका छन्। यसअघि पनि यनी अक्टोबर २२ मा अस्पताल भर्ना भएका थिए। त्यतिबेला जर्जियास्थित आफ्नै निवासमा लडेर घाइते भएपछि उनलाई अस्पताल लगिएको थियाे।

सन् १९७७ देखि १९८१ सम्म कार्यकाल रहेका कार्टर अमेरिकाको ३९औँ राष्ट्रपति हुन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्