Logo
|
Monday 28th October 2024
Logo

epaper

निःशुल्क आँखा शिविरमा ३९ जनाको मोतियाविन्दु शल्यक्रिया



निःशुल्क आँखा शिविरमा ३९ जनाको मोतियाविन्दु शल्यक्रिया

जनस्वास्थ्य सरोकार, धादिङ : गङ्गाजमुना गाउँपालिका– ५ स्थित फुलखर्कमा तीनदिने निःशुल्क आँखा शिविरमा ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ।

फुलखर्क स्वास्थ्यचौकीमा शुक्रबारदेखि सञ्चालन गरिएको तीन दिने शिविरमा ३८२ को साधारण आँखा जाँच र ३९ को मोतियाविन्दुको शल्यक्रिया गरिएको निःशुल्क आँखा शिविर सञ्चालन समितिका संयोजक नवराज अधिकारीले बताए।

आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका डा. कल्याण ढुङ्गाना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका निर्देशक एवं वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. कमलबहादुर खड्का सहभागी शिविरमा बिरामीलाई कालो चस्मा र खान जाउलो निःशुल्क वितरण गरिएको थियो।

फूलखर्क कल्याणकारी समाजको आयोजना, नेपाल रेडक्रस सोसाइटी फूलखर्क उपशाखा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्