Logo
|
Thursday 28th March 2024
Logo

epaper

दिल्लीको विषाक्त वायु प्रदुषणले ‘हाम्रा बच्चाहरु मरिरहेका छन्’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रदुषित शहरमा जन्मेका बच्चा पहिलो दिन देखिनै चुरोटको अम्मली जस्तो हुन पुग्छन् । दील्लीको वायु प्रदुषण विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित सीमा भन्दा बीस गुण बढी रहेको छ ।
त्यसले श्वासप्रश्वास सम्बन्धी बिमार उत्पन्न गरेको छ । त्यसबाट बच्चाहरु सबैभन्दा बढी प्रभावित भएका छन् । लङ केयर फाउन्डेसनका संस्थापक डा. अरविन्द कुमार भन्छन्– ‘प्रदुषणले हाम्रो बच्चा मरिरहेका छन् । त्यसले उनीहरुको बौद्धिक (आइक्यु) विकास कम गराएको छ ।’ उनी थप्छन् –‘राम्रोसँग फोक्सोको विकास हुन सकेको छैन । जसले कम उमेरका बच्चाहरुलाई क्यान्सर देखिन थालेको छ । साथै निमोनियाबाट हुने मृत्यदर बढाएको छ ।’
शबाना खातुन तिन जुम्ल्याहा सन्तानकी आमा हुन् । अहिले बच्चालाई निमोनिया भएको छ । खातुनले औषधियुक्त बाफ लिनकालागि नेबुलाइजर भाडामा लिएकी छिन् । उनीसँग नेबुलाइजर किन्न पैसा छैन् ।
‘मैले उनीहरुलाई औषधि त दिइरहेकी छु तर औषधिले काम नै गरेको छैन् ।’ शाबाना खातुन भन्छिन् –‘अहिले के गर्ने के, छटपटी भइरहेको छ ।’
उनीहरु प्रदुषणका कारण बिरामी परेका हुन् । उनीहरुलाई चर्को ज्वरो आएको छ । खोकी लागेको छ र आँखा झन तातो देखिएका छन् ।
चिकित्सकहरु भन्छन् , कैयौँ किशोरकिशोरीमा फोक्सोको समस्या देखिएको छ । धुम्रपान नगर्नेहरुको फोक्सोमा पनि प्रदुषणले गर्दा कालो पदार्थ जम्मा भइरहेको चिकित्सकहरुको भनाइ छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्