Logo
|
Wednesday 8th May 2024
Logo

epaper

पूर्वमा खुल्यो ३ सय शैय्याको अत्याधुनिक क्यान्सर अस्पताल



जनस्वास्थ्य सरोकार, झापा । पूर्वका क्यान्सर विरामीहरुलाई लक्षित गर्दै झापाको विर्तामोडस्थित बिएन्डसी शिक्षण हस्पिटल परिसर भित्र ३ सय शैय्या क्षमताको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको छ ।
ठुलो आन्द्राको क्यान्सर भएका २९ वर्षिय पदम मिश्रलाई निःशुल्क रेडियोथेरापी दिएर अस्पतालमा सेवा सुभारम्भ गरिएको छ ।
बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका हुन ।
यसअघि पूर्वका क्यान्सर बिरामीलाई उपचार गर्न काठमाडौँ, चितवन या भारत जानुपर्ने बाध्यता थियो ।
यो अस्पताल अत्याधुनिक उपकरण सहित सञ्चालनमा ल्याइएको छ । अस्पतालमा भेरियन कम्पनीको अमेरिकामा निर्मित टु विन लिनियाक एक्सिलेटर रेडियोथेरापी, ब्रेकी थेरापी मेसिन, जर्मनीको सिमेन्स कम्पनीको फोर डी सिटी सिमुलेटर, म्यामोग्राम, पेटसिटी, गामा क्यामेरा र क्याथल्याव लगायतका अत्याधुनिक उपकरणहरु उपलब्ध छन् । साथै बोनम्यारो प्रत्यारोपणसम्म जाने हस्पिटलको योजना रहेको छ ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले नेपाललाई मेडिकल हब बनाउने लक्ष्य सहित बिरामीहरुलाई अत्यन्तै न्युन शुल्कमा सेवासुविधा उपलब्ध गराउदै आइरहेको बताउनुभयो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा.विरेन्द्रकुमार यादवले बिरामीहरुलाई  क्यान्सरको उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्य भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्