Logo
|
Thursday 28th March 2024
Logo

epaper

यौनसम्पर्क गर्न खोज्दा किन लिङ्ग उत्तेजित हुँदैन ? कुन हर्मोनले गर्दा यस्तो हुन्छ ?



यौन समस्या महिला र पुरुषको फरक फरक हुने गर्दछ । विशेषगरी पुरुषहरुलाई लिङ्ग उत्तेजना नहुने, यौन इच्छामा कमी, र शीघ्रस्खलन हुने र महिलाहरुलाई यौन इच्छामा कमी र यौन क्रिडा गर्दा दुःखाइ महशुस हुने जस्ता समस्याहरु देखिन्छन् ।

यौनसम्पर्कको बेला लिङ्ग उत्तेजना नहुनुको कारण के होला ?
यौनसम्पर्कको बेलामा लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै समय गरेका हुन्छन् । लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई सो स्थितिमा राख्न नसक्ने समस्यालाई अंग्रेजीमा Impotence  वा erectile dysfunction भनिन्छ । यो समस्या जुन उमेर समुहका पुरुषलाई पनि हुन सक्छ । विशेषगरी टेस्टोस्टेरोन हर्मोन कमीले लिङ्ग उत्तेजना नहुने समस्या देखिन्छ । ४० वर्ष कटेका पुरुषहरुमा हर्मोनको कमीले यस्ता समस्या देखिन सक्छन् । त्यस्तै रक्तचाप, कोलेस्टोर र मधुमेहका औषधि सेवन गरिरहेको ब्यक्तिलाई पनि लिङ्ग उत्तेजना नहुने समस्या हुन्छ । ५० प्रतिशत भन्दा बढी पुरुष मनोवैज्ञानिक समस्याले ग्रस्त भएका हुन्छन् । एकचोटी यौनसम्पर्क लिङ्ग उत्तेजना भएन भने यौनसाथीले के सोच्लान् भन्ने मनमा खुलदुली भइरहन्छ । जसले पछि गएर लिङ्ग उत्तेजना नै नहुने जस्ता जटिल समस्या सिर्जना हुनसक्छ । यसका अलावा मधुमेह, रक्तचाप, कोलेस्टेरोल, मिर्गौला र कलेजोमा समस्या भएका पुरुषहरुलाई लिङ्ग उत्तेजित नहुनुका साथै यौन इच्छा समेत नहुने समस्या देखिन सक्छ ।
किन महिलाहरुलाई यौनइच्छामा कमी आउँछ ?
महिनावारी बन्द हुन लागेको र बन्द भइसकेको अवस्थामा महिलाहरुलाई यौनइच्छामा कमी आउन सक्दछ । युनिनरी ट्र्याक इन्फेक्सन, सेतो पानी बग्ने, पिसाव र योनीद्धारमा संक्रमण भएमा यौनसम्पर्क गर्दा दुःखाई महशुस हुन्छ । जसले यौन इच्छा समेत मर्दै जान सक्छ ।
उपचार
स्वास्थ्य परिक्षण गर्दा यदि टेस्टोस्टेरोन हर्मोनको कमी देखियो भने हर्मोन दिनुपर्ने हुन्छ । रक्तसञ्चार ब्लक भएर लिङ्ग उत्तेजित नभएको हुनसक्छ । यस्तो अवस्थामा औषधि दिएर ब्लक खुलाई रक्तसञ्चार बढाउन सकिन्छ । यदि यौनइच्छामै कमी भएको हो भने मनोचिकित्सकसँग परामर्श लिनुपर्दछ । रगतमा चिनीको मात्रा ठिक्क हुनुपर्दछ । चिनीको मात्रा बढी छ भने पनि लिङ्ग उत्तेजित हुँदैन ।

सुझाव
कतिपय बिरामीहरु उपचार गर्न लजाउछन् । निर्धक्क भएर उपचार गर्न आउनुहोस् । राम्रोसँग स्वास्थ्य परिक्षण गरेरमात्र समस्या पहिचान गर्न सकिन्छ । अन्य रोग भन्दा यौन रोगको औषधि सस्तो पर्छ । नेपालमा सबै प्रकारका यौन रोगको उपचार सम्भव छ । समान्यतया सबैलाई यौनइच्छा हुने गर्दछ । यदि कुनै मनोवैज्ञानिक कारणले यौनइच्छा कमी आएको अवस्थामा उनीहरुले सेक्सुअल थेरापी सेवा लिनुपर्ने हुन्छ ।
(मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. भट्टराई चक्रपथस्थित मेट्रो हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्