Logo
|
Thursday 28th March 2024
Logo

epaper

क्वारन्टाइनमा कस्तो छ यहाँको खानपान ? विश्व स्वास्थ्य संगठनको सिफारिस: के खाने, के नखाने र के कम खाने



विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तपाईको खाना र पेयको लागि विशेष सुझावहरू र दिशानिर्देश जारी गरेको छ, जसले लकडाउन र क्वारन्टाइनको समय तपाईंको प्रतिरोधक क्षमता बढाउनेछ र स्वस्थ राख्न मद्धत गर्नेछ ।
डरलाग्दो कोरोना भाइरसबाट बच्न विश्वका आधा भन्दा बढी मानिसहरू आफैं क्वारेन्टाइमा बसेका छन् । पृथक हुनु र अरूसँग सम्पर्क नहुनु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । यसका साथै आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमतलाई पनि मजबुद बनाउनुपर्छ । यसका लागि आफ्नो खानपानमा निकै ध्यान पुर्याउनुपर्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले क्वारन्टाइनमा बसेका व्यक्तिहरुका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने खाद्य सम्बन्धि एक नयाँ दिशानिर्देश जारी गरेको छ ।

खानपान कस्तो हुनुपर्छ ?

डब्ल्यूएचओका अनुसार, क्वारेन्टाइनको समय धेरै भन्दा धेरै घरमा बनाएको भोजन गर्न जरुरी हुन्छ । बाहिर प्याकेट बन्द गरिएको खानामा नुन र चिनीको मात्रा उच्च हुन्छ । यो हानिकारक हो । अहिले क्वारन्टाइनको समयमा आफ्नो परिवारसँग बसेर इम्युनिटी बढाउने खाना खानुपर्छ ।

कस्तो खाना खानुपर्छ ?

डब्ल्यूएचओका अनुसार तपाईले आफ्नो खानामा फाइबरयुक्त खाद्य पदार्थ समावेश गर्नुपर्छ । फाइबरयुक्त खाद्य पदार्थहरूको सेवनले तपाईंको पाचन प्रणाली स्वस्थ राख्दछ । यसको लागि तपाईले तरकारीहरू, फलफूल, दालहरू, मोटो अन्नहरु समावेश गर्नुपर्छ ।

मोटो अन्नहरुमा, खैरो पास्ता, खैरो चामल, गहुँको रोटी आदि उपभोग गर्न सकिन्छ । तर परिष्कृत अन्न जस्तैः मैदा, सेतो पास्ता, सेतो चामल र सेतो रोटी आदि खानुहुँदैन ।

डब्ल्यूएचओ ले यो पनि भन्छ कि क्वारेन्टाइनको समयमा तपाईं आफ्नो शरीरलाई हाइड्रेटमा राख्नुपर्छ । यसका लागि पर्याप्त पानी पिउनुहोस् । तपाईंले चिसो पेय वा चिनी पेयको सट्टा पानी पिउन जरुरी हुन्छ । पानीका साथै फलफूलको रस पनि पिउन सक्नुहुन्छ । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं सिट्रस फल, काकडी, जडिबुटी जस्तैः पेपरमिन्ट, लैभेंडर, रोजमेरी र जामुन आदि पानीमा राखेर यसलाई स्वादिष्ट र स्वस्थ बनाउन सक्नुहुन्छ ।

कस्तो खाना कम मात्रामा खाने ?

  • नुन धेरै खानुहुँदैन । डब्ल्यूएचओले दिनमा ५ ग्राम भन्दा कम नुन सेवन गर्न सिफारिस गरेको छ । त्यसकारण तपाईंले प्याकेट स्नैक्स, चिप्स, फास्ट फूड्स, अचार आदि खानबाट बच्नुपर्छ ।
  • यस बाहेक तपाईले चिनी कम सेवन गर्नुपर्छ । दिनमा ६ चम्चा भन्दा धेरै चिनीको सेवन गर्न हुँदैन । तपाईंलाई गुलियो खान मन लागेमा गुलिया फलफूल खान सक्नुहुन्छ ।
  • तपाईंले चिल्लोको सेवन पनि कम गर्नुपर्दछ । धेरै चिल्लो भएको खाना नखानुहोला । खाना पकाउन रेपसीड तेल, ओलिभ तेल, सूर्यमुखी तेल आदि प्रयोग गर्न सक्नुहुन्छ ।
  • रातो र बोसोयुक्त मासु, माखन, पूर्ण बोसोयुक्त दूध र अन्य दुग्धजन्य पदार्थहरू, पाम तेल, नरिवल तेल, इत्यादिको सेवन कम गर्न डव्ल्युएचओको सिफारिस रहेको छ ।
  • यस समयमा, तपाईले कडा कफि, कडा चिया र क्याफीनयुक्त सफ्ट ड्रिंक वा ऊर्जा पेय पदार्थहरूबाट टाढा रहनुपर्छ । यी सबैले डिहाईड्रेसन निम्त्याउन सक्छन्, साथै यसले निदाउनमा समस्या ल्याउन सक्छ ।

के खान हुँदैन ?

धेरै चिनी र नुन भएको खाना खान हुँदैन । संगठनले क्वारन्टाइनसको समयमा तपाईलाई रक्सी नपिउन सल्लाह दिएको छ किनकि यसले तपाईको कोरोना भाइरसको जोखिम बढाउन सक्छ र उपचारको समयमा समस्या ल्याउन सक्छ । अल्कोहल तपाईको दैनिक खानामा समावेश गर्न हुँदैन । यस्तो बेलामा अल्कोहल खतरनाक हुनसक्छ ।

खाना पकाउँदा ध्यान दिनुपर्ने कुराहरु

  • खाना पकाउने भाँडा र भान्छा नियमित रूपमा सफा गर्नुहोस् । हात धोएर मात्र खान पकाउनुहोस् ।
  •  फ्रिजमा काँचो र पकाएको खाना अलग अलग राख्नुहोस् ।
  •  पकाएको खाना ६० डिग्री सेल्सियस भन्दा बढी तापक्रममा राख्नुस् ।
  •  खाना बनाउन र पिउन सफा पानीको प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्