Logo
|
Thursday 21st November 2024
Logo

epaper

कोभिड—१९ कोरोना परीक्षण: आरटी–पीसीआरबाट नै किन ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । यतिखेर धेरै सर्वसाधारण कोरोना टेष्टबारे कन्फ्युजनमा रहेको पाइन्छ । कहिले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ आउँछ, पिसिआर नेगेटिभ देखिन्छ तर कहिले आरडिटी पोजेटिभ देखिएमा पिसिआरमा पनि पोजेटिभ देखिन्छ । आखिर यो कन्फ्युजन किन ? यसबारे जानकारी दिँदै हुनुहुन्छ मोर्डन डायग्नोष्टिकका क्लिनिकल माइक्रोबायोलोजिष्ट नरेश पोखरेल र वरिष्ठ प्रयोगशाला टेक्निसियन अभिषेक चौधरी ।
कोभिड—१९ भाइरस ट्र्याक गर्न, महामारी रोक्न, महामरी लाई उचित व्यवस्थापन गरी अन्त्य गर्न डायग्नोस्टिक परीक्षणले महत्वपूर्ण भूमिका खेल्छ ।
जब एक संक्रमणीय रोगको प्रकोप शुरू हुन्छ, प्रयोगशाला परीक्षण नै एउटा त्यस्तो विधी हो जसले महामरिको छिटो छरितो पहिचान, बिरामीको द्रुत उपचार र प्रकोप रोक्न मद्दत गर्दछ ।
प्रयोगशाला परीक्षणले मात्र संक्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएको व्यक्ति पहिचान गर्न मद्दत गर्दछ जसले तिनीहरूलाई द्रुत रूपमा उपचार गर्न सकिन्छ । कोविड—१९ उन्मूलन गर्न प्रयोगशाला परीक्षण सँगै सामाजिक दूरी पनि माहामारी बिरूद्ध लड्न एक शक्तिशाली हतियार बन्न सक्छ । चीन, कोरिया, ताइवान र सिंगापुर जस्ता देशहरूले पनि कोविड—१९ महामारी नियन्त्रणमा लिएका छन् जसले प्रारम्भिक परीक्षण प्रणाली र प्रभावित व्यक्तिहरुलाई अलग गर्ने जस्ता निती अवलम्बन गरेको हामी देख्न सक्छौं ।

कोविड—१९ को नियन्त्रण गर्न ‘परीक्षण, उपचार र ट्र्याक गर्ने’ जस्ता रणनीति पनि अवलम्बन गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले पनि प्रकोप नियन्त्रण गर्न संघर्ष गरिरहेका देशहरूलाई कोरोनाभाइरसको लागि ‘टेस्ट, टेस्ट, टेस्ट’ गर्न आह्वान गरिरहेको छ । जब सम्म हामी त्यस्तो गर्न सक्दैनौं तब सम्म थाहा हुँदैन भाइरस छ वा छैन भनेर ।

नेपालमा कोभिड–१९ कोरोनाभाइरस पत्ता लगाउन अहिले दुइ वटा फरक टेक्नोलोजीको किट प्रयोग गरिएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट किट जुन एन्टिबडी एन्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो र अर्को आरटी– पीसीआर जुनमा भाइरसको जीनोमिक विशेषताहरु पत्ता लगाइन्छ ।
कोरोना भाइरस छ या छैन भन्ने निश्चित गर्ने भरपर्दो विधी आरटी– पीसीआर नै हो, र्यापिड डायग्नोस्टिक टेस्ट लाई सेरोलोजिकल परीक्षण पनि भनिन्छ ।
आरडिटि (र्यापिड डायग्नोस्टिक टेस्ट किट) का पनि आफ्नै फाइदा पनि छ त्यस्तै बेफाइदा पनि छ । फाइदा यस अर्थमा छ कि सेरोलोजिकल परीक्षणले व्यक्तिमा कोविड—१९ मा प्रतिरक्षा क्षमता विकास भएको छ कि छैन भनेर भन्छ अर्को फाइदा एक सेरोलोजिकल परीक्षणले मात्र त्यो व्यक्तिको रगतमा कोविड —१९ सम्बन्धित एन्टिबडीहरूको स्तर निर्धारण गर्छ जुन प्लाज्मा थेरापी उपचारमा पनि प्रयोग हुन सक्छ । बेफाइदा यस अर्थमा, मानौँ कुनै मानिसमा कोभिड–१९ संक्रमण छ, र्यापिड डायग्नोस्टिक किटबाट टेस्ट गर्दा नेगेटिभ आयो, अब के गर्ने, नेगेटिभ आयो भनेर खुशी हुने ? यदि यसो गरियो भने र एउटा पनि त्यस्तो फल्स नेगेटिभ समुदायमा छोडियो भने पुरै देशका लागि खतरा बन्न सक्छ ।

कुनै पनि भाइरस शरीरमा छिरिसकेपछि त्यसपछि बल्ल शरीरले ले त्यो भाइरसविरुद्ध एन्टिबडी बनाउँछ, जुन बन्न ७ देखि ८ दिन सम्म लाग्छ, मानिसमा भाइरस प्रवेश गरेको दिन दखि ७ देखि ८ दिन सम्म र्यापिड नेगेटिभ आउँछ जसलाई हामी विन्डो पिरियड पनि भन्छौं । त्यो स्थितिमा पीसीआर नै उत्तम विकल्प हो ।

के हो त पिसिआर ?
पीसीआर भनेको पोलिमरेज चेन रियाक्सन हो र यो एक तुलनात्मक रूपमा सरल र व्यापक रूपमा प्रयोग गरिएको मोलिक्युलर बायोलोजी (आणविक जीवविज्ञान) प्रविधि हो जसमा न्यूक्लिक एसिड सामग्री जस्तै डीएनए र आरएनए विस्तार गरी पत्ता लगाउने महत्वपूर्ण परीक्षण विधि हो । परम्परागत विधिहरू जस्तै डीएनए क्लोनिंग र प्रवर्धनको तुलनामा, जुन समय खपत र चुनौतीपूर्ण विधि हो । पीसीआर परीक्षण गर्न केही घण्टा मात्र आवश्यक पर्दछ । पीसीआर अत्यधिक संवेदनशील विधि हो र विशेष अनुक्रमहरूको प्रवर्धनका लागि न्यूनतम टेम्पलेटको आवश्यकता पर्दछ । साधारण पीसीआर विधिहरू सरल डीएनए र आरएनए पहिचानबाट अगाडि बढेको छ ।
सामान्यतया कोरोना परिक्षणमा प्रयोगमा ल्याइएको पीसीआर बिधि हो रिभर्स ट्रान्सक्रिप्शन पोलिमरेज चेन रिएक्शन ।
रिभर्स ट्रान्सक्रिप्शन पोलिमरेज चेन रिएक्शन
रिभर्स ट्रान्सक्रिप्शन पोलिमरेज चेन रिएक्शन (आरटी पिसिआर) एक प्रयोगशाला पीसीआर टेक्निक हो, यस विधिमा डियनए भन्दापनि आरएनए प्रयोग हुन्छ । रिभर्स ट्रान्सक्रिप्टटेस भन्ने एन्जाइमले आरएनएको टुक्रालाई पूरक डीएनए बनाउँछ जुन आरएनए, डिएनएमा रिभर्स ट्रान्सक्रिप्शन संयोजन भएको भनिन्छ । यही डिएनए मोलिक्युलर पिसिआर रियाक्सन मार्फत पत्ता लगाइन्छ ।

आरटी–पीसीआरबाट नै कोरोना भाइरसको परीक्षण किन ?

आरटी– पीसीआर जसमा भाइरसको आरएनए छ या छैन भनी पत्ता लगाईन्छ । यो प्रविधिबाट भाइरस संक्रमण भएकै दिन देखि नै नतिजा पोजेटिभ देखिन थाल्छ । जसले गर्दा संक्रमित व्यक्तिको समयमा नै पहिचान हुन्छ र बिरामीलाई आइसोलेसनमा राख्न सकिन्छ, जसले गर्दा रोग महामारीको सम्भावनालाई न्यून गर्न मद्दत पुग्छ ।

कोभिड– १९ संक्रमणको निदानमा आईजीएम,आईजीजी सेरोलोजिकल परीक्षण र आरटी–पीसीआरलाई हामी यसरी बुझ्न सक्छौं ।


आरटी–पीसीआर        र्यापिड टेस्ट किट                       सम्भावित परिणामहरू
पोजेटिभ                      नेगेटिभ                                     बिरामीमा विन्डो पिरियड संक्रमण हुन सक्छ । संक्रमण भएको व्यक्तिले संक्रमण सार्ने क्षमता राख्दछ ।

पोजेटिभ                      पोजटिभ                                  बिरामी संक्रमण चरणमा छ र संक्रमण भएको व्यक्तिले संक्रमण सार्ने क्षमता राख्दछ ।

नेगेटिभ                        नेगेटिभ                                   बिरामीलाई संक्रमण नभएको

नेगेटिभ                      पोजेटिभ                                   बिरामीलाई संक्रमण भएको र बिरामी निको हुनुको चरणमा हुन सक्छ ।


 

प्रतिक्रिया दिनुहोस्