Logo
|
Sunday 29th December 2024
Logo

epaper

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोभिड—१९ कोरोना भाइरस परीक्षण



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोभिड—१९ कोरोना भाइरस परीक्षण शुरु भएको छ । शुक्रबारबाट संघीय संसदको वर्षे अधिवेशन शुरु हन लागेकाले सांसदहरुको कोभिड १९ परीक्षण आजबाट शुरु भएको हो ।

बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसद र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको पीसीआर प्रविधिबाट कोभिड १९ कोरोना संक्रमण परीक्षण शुरु भएको छ ।  संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार, संघीय संसद भवनको ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ । सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी,मर्यादापालक र पत्रकारको स्वाव संकलनको प्रबन्ध मिलाइएको छ । सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने छ ।

हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्