Logo
|
Wednesday 1st May 2024
Logo

epaper

मेलानको समन्वयमा कोभिड—१९ परीक्षणः दुईसय आठ सांसदसहित चार सय चालीस जनाको थ्रोट स्वाब संकलन



जनस्वास्थ्य सरोकार, काठमाडौं ।  मुलुकका २०८ सांसदसहित प्रतिनिधि सभा र राष्ट्रिय सभाका कर्मचारी र सुरक्षाकर्मीसहित ४ सय ४० जनाको कोभिड १९ कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

आज सभामुख तथा ठुला तथा साना दलका राजनेताहरु प्रचण्ड , बाबुराम भट्टराई ,प्रकाश मान सिंह ,रामबहादुर थापा (बादल ),नारायण काजी श्रेष्ठ, माधवकुमार नेपाल ,झलनाथ खनाल,लालबाबु पण्डित ,राजेन्द्र महतो, शेरबहादुर देउवा,योगेश भट्टराई,मातृका प्रसाद यादव, पम्पा भुसाल, बर्ष मान पुन, गगन थापा , पदमा अर्याल ,महन्त ठाकुर ,हृदयस त्रिपाठी लगायत अन्य बिशिष्ट नेता,संसद, मर्यादापालक, प्रहरी कर्मचारीहरुको थ्रोट स्वाब संकलन गरिएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म स्वाब संकलन गरिएको थियो । स्वाब संकलनमा मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपाल (मेलान) को प्राविधिक टोलीले सहयोग र समन्वय गरेको हो । बाँकी सांसद, कर्मचारी र सुरक्षाकर्मीको शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म दुई घण्टा थ्रोट स्वाब संकलन गरिने मेलानका संस्थापक अध्यक्ष कृष्ण प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

संघीय सांसदको प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा ५८ सांसद रहेका छन् । संकलन भएका सबै स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षणका लागि पठाइएको छ । सबैको पिसिआर विधिबाट परीक्षण हुनेछ । संकलित स्वाबको नतिजा २४ घण्टाभित्र आउने संसद सचिवालयले जानकारी गराएको छ । शुक्रबार दिउँसो ४ बजेपछि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदै रहेकाले रिपोर्ट देखाएपछि मात्र सांसदले बैठक कक्षमा प्रवेश पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्