Logo
|
Wednesday 1st May 2024
Logo

epaper

के कोरोना भाइरस निकै खतरनाक बन्दै गएको हो ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । संयुक्त राज्य अमेरिका र बेलायतका शोधकर्ताहरूले नोवल कोरोना भाइरसमा सयौं परिवर्तन देखिएको बताएका छन् ।
यद्यपि यी अनुसन्धानहरूमध्ये कुनैले पनि संक्रमणलाई असर गर्ने र ति भाइरसविरुद्ध प्रभावकारी हुने खोप पुष्टि गर्न सकेका छैनन् । भाइरसमा परिवर्तन आउनु सामान्य कुरा हो । सवाल यो हो कि यी मध्ये कुन परिवर्तनले संक्रमणको गम्भीरता वा गतिलाई असर गर्छ ?
अमेरिकामा गरिएको एउटा प्रारम्भिक अनुसन्धानले भनेको छ —‘नोवेल कोरोना भाइरमा एक खास परिवर्तन (D614G) धेरै हावी भइरहेको छ, जसका कारण कोविड—१९ बिरामी अधिक संक्रामक हुनसक्छन् ।’ यद्यपि यो अनुसन्धान न त औपचारिक रूपमा प्रकाशित भएको छ न अन्य वैज्ञानिकहरूद्वारा यसलाई समीक्षा नै गरिएको छ ।

न्यू मेक्सिकोको लस अलामास नेशनल ल्याबका शोधकर्ताहरूले भाइरसमा भएको परिवर्तनको ट्रैक गर्न कोशिस गरिहेका छन् जसले यी भाइरसको आकार परिवर्तन भइरहेको छ ।
यो अनुसन्धान ग्लोबल इनिसिएटिभ अन शेयरिङ अल इन्फ्लुएन्जा डाटा (GISAD) को डाटावेशको आधारमा भइरहेको छ ।
वैज्ञानिकहरूले अवलोकन गरेका छन् कि यस विशेष परिवर्तन (D614G)  को कारण कोरोना भाइरस धेरै छिटो बढ्दछ । तर यसको परिणाम के हुन्छ, यो अझै स्पष्ट छैन ।

‘भाइरस परिवर्तन खराब चीज होइन’

कोरोना संक्रमित बिरामीहरूबाट डाटा संकलन बेलायतका शोधकर्ता शेफील्डले गरेको हुन् । उनी भन्छन्—‘बदलिएको कोरोना भाइरस (D614G) बाट संक्रमित व्यक्तिहरूको संख्या बढी भएको थाहा थियो ।’ यद्यपि उनले त्यस्ता व्यक्तिहरू अधिक गम्भीर भएको प्रमाणित गर्ने कुनै आधार फेला पारेनन् ।

युनिभर्सिटी कलेज लन्डनमा गरिएको अर्को अध्ययनले कोरोना भाइरसमा हुने १९८ परिवर्तनहरू पत्ता लागेको छ ।
यस अनुसन्धानमा संलग्न प्रोफेसर फ्रान्सेस बलुले भने—‘भाइरस परिवर्तन आउनु आफैँमा नराम्रो होइन । तर अहिलेसम्म कोरोना भाइरस सामान्य भन्दा छिटो वा ढिलो परिवर्तन हुँदैछ भन्ने प्रमाणित गर्ने हामीसँग कुनै आधार छैन ।’
यसैगरी ग्लास्गो विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरूले पनि कोरोना भाइरसको परिवर्तनको विश्लेषण गरेका छन् । अनुसन्धान टोलीले भनेको छ— ‘योे परिवर्तन चिन्ताको विषय होइन ।’
कोरोना भाइरस वास्तविकतामा परिवर्तन नभएको र कोविड—१९ रोग पनि त्यस्तै प्रकारको भाइरसबाट फैलिरहेको उनीहरुले निष्कर्ष निकालेका छन् ।

कोरोना भाइरसमा भएका यी साना परिवर्तनहरूमा ख्याल राख्नु र तिनीहरूको विश्लेषण गर्नु महत्वपूर्ण हुन्छ किनभने यसले खोप बनाउनमा मद्दत पुर्याउँदछ । कोविड—१९ सम्बन्धि खोप बनाउने तर्फ काम भइरहेको छ । तर यदि भाइरसमा लगातार फरक प्रकारका परिवर्तनहरू भएमा यो कम प्रभावकारी हुनसक्छ ।

यद्यपि यी सबै चीजहरू केवल सिद्धान्तमा मात्र भन्न सकिन्छ । वैज्ञानिकहरूसँग अहिलेसम्म भाइरसको परिवर्तनको प्रभाव प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको बीबीसी हेल्थ हिन्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्