Logo
|
Tuesday 30th April 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो, ३० जना निको भएर घर फर्के



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड १९ कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबार मात्र नेपालगंञ्जमा १६ वर्षीय एक युवामा कोभिड १९ कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमितहरुमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् । यसैगरी एकैदिन प्रदेश नम्बर १ बाट ८ जनाले कोरोना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा एक महिला र ७ पुरुष गरी ८ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना जित्नेको संख्या ३० पुगेको छ ।

मन्त्रालयका अनुसार, पीसीआर प्रविधिबाट १५ हजार ४९२ र आरडीटीबाट १५ हजार ४९२ कोभिड १९ परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार, मुलुकभर १५ हजार ६२४ जना क्वारेन्टाइन रहेका छन् । आइसोलेसनमा बस्ने व्यक्तिहरुको संख्या १३५ रहेको छ । जसमध्ये उपत्यकामा ३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्