Logo
|
Wednesday 1st May 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयद्धारा थप ७ जनामा कोेभिड १९ पुष्टि, मुलुकमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार उदयपुर, पर्सा र कपिलवस्तुका थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्