Logo
|
Wednesday 1st May 2024
Logo

epaper

उदयपुरमा थप एकजना महिला कोरोना संक्रमित, मुलुकमा कोरोना संक्रमितको संख्या ११० पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभर कोभिड १९ कोरोना भाइरस संक्रमितहरुको संख्या ११० पुगेको छ । शनिवार बेलुका उदयपुरको भुल्केकी ४३ वर्षीया महिलामा कोभिड १९ कोरोना भाइरस पुष्टि भएको कोशी अञ्चल अस्पतालले जनाएको छ ।

यसअघि उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरमा मात्र ३२ जना कोरोना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्