Logo
|
Tuesday 30th April 2024
Logo

epaper

एकैदिन रसियामा १० हजार ८१७ र भारतमा १ हजार ६६१ कोरोना संक्रमित, भारतमा मर्नेको संख्या २ हजार ४१ पुग्यो



जनस्वास्थ्य, काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ कोरोना भाइरस रसियामा एकैदिन अर्थात २४ घण्टाको बीचमा १० हजार ८१७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म वल्ड कोरोना डट इन्फोले गरेको अपडेट अनुसार, रसियामा १ लाख ९८ हजार ६७६ जना संक्रमित भएका छन् । यद्यपी रसियामा एकैदिन यति कोरोना संक्रमित देखिनु निकै भयावह रुपमा बढिरहेको विश्लेषण गरिएको छ ।

रसियामा एकैदिन १०४ जनाको ज्यान गएको छ । अहिलेसम्म रसियामा १ हजार ८२७ जनाको ज्यान गएको छ । रसियामा संक्रमितममध्ये ३१ हजार ९१६ जना निको भएका छन् । रसियामा अहिलेसम्म ५२ लाख २१ हजार ९६४ नमुना संकलन गरी कोरोना परीक्षण भएको छ ।
त्यसपछि अमेरिकामा एकैदिन ३ हजार ९९१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । अमेरिकामा अहिलेसम्म १३ लाख २५ हजार ७७६ कोभिड १९ संक्रमित भेटिएका छन् जसमध्ये अहिलेसम्म ७८ हजार ७६२ को ज्यान गएको छ भने २ लाख २३ हजार ९३७ निको भएर घर फर्किएका छन् । अमेरिकामा अहिलेसम्म ८६ लाख ८५ हजार ४७१ वटा कोभिड १९ कोरोना नमुना परीक्षण भएको छ ।

यसैगरी छिमेकी देश भारतमा एकैदिन १ हजार ६६१ जना कोरोना संक्रमित फेला परेका छन् । भारतमा हालसम्म ६१ हजार ३५६ जना संक्रमित भइसकेका छन् । भारतमा अहिलेसम्म २ हजार ४१ जनाको मृत्यु भएको छ भने १८ हजार ६७२ निको भएर घर फर्केका छन् । भारतमा अहिलेसम्म १५ लाख २३ हजार २१३ नमुना संकलन गरी कोरोना परीक्षण भएका छन् ।

हाल विश्वका २१२ देशमा फैलिएको कोरोना संक्रमितहरु एकैदिन ४१ हजार ५७३ थपिएका छन् । विश्वमा हालसम्म कोरोना संक्रमितहरुको संख्या ४० लाख ५० हजार ८६४ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमित भएकाहरुमध्ये २ लाख ७७ हजार ४९१ जनाको ज्यान गइसकेको छ भने १४ लाख ६ हजार १०७ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्